शक्ति समुहको सामाजीक लेखा परीक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौं ,२२ माघ/आशिष दुलाल
मानव बेचविखन बिरुद्ध निरन्तर कृयाशील सामाजिक संस्था शक्ति समुहको आर्थीक बर्ष २०७३/७४ को सामाजीक लेखा परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
शक्ति समुहका अध्यक्ष्य बाल कुमारी रानाको सभाधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी निकायका सरोकारवालाहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा बर्ष भरीका कार्यक्रमका प्रगती प्रतिवेदन संस्थापक सदस्य तथा कार्यकारी निर्देशक सुनिता दनुवारले प्रस्तुत गरेकी थिइन् भने कोषाधक्ष्यका तर्फबाट बित्त प्रमुख रविन भटटराईले आर्थीक प्रतिवेदन प्रश्तुत गरेका थिए ।
कार्यक्रममा शक्ति समुहका संस्थापक सदस्य तथा संरक्षण संयोजक चरीमाया तामांगले स्वागत मन्तव्य ब्यक्त गगरेकी थिइन् । संस्थाका सचिव निर्मला थापाले उध्घोषण गर्नुभएको कार्यक्रमलाई संचारकर्मी शिव शर्माले सहजीकरण गरेका थिए भने सेवाग्राहीहरुले आफुहरुले पाएको सेवाका बिषयमा बोलेका थिए ।
तस्वीरः प्रमोद पोखरेल