दोहोर्याएर प्रतिनिधि हुने मौका दिएकोमा क्षेत्र नं ४ का जनतालाई धन्यवाद दिन चाहन्छु :गगन थापा
कपन अनलाइन
काठमाडौ,माघ २०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको प्रशान्ति शिक्षा सदनमा आज मुस्कान सहितको सेवामा ध्यान टोल बनाउने हाम्रो अभियान भन्ने मूल नाराको साथमा मुस्कान चोक युवा क्लबले आयोजना गरेको प्रथम टोल भेला तथा चियापान कार्यक्रमका प्रमुख अतिथि पर्व स्वास्थ्य मन्त्रि एबम काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट बिजयी प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले चुनाबको परिणाम पछि भेट्ने मौका पाएकोमा आयोजकलाइ धन्यबाद दिंदै निर्वाचनको बेलामा मतदाता जनताले बिश्वासका साथ सहयोग गरेकोमा धन्यवाद दिएका थिए।
उनले धन्यबादले मात्र नपुग्ने भन्दै जिम्मेवारी दिएकोमा दोहोर्याएर प्रतिनिधि हुने भनेको ठुलो बिश्वासले मात्र हुने होइन भन्दै त्यो विश्वासलाई कायम राखेर इमान्दारी पुर्वक प्रतिबद्द भएर काम गर्ने बताएका थिए।
निर्वाचन सकिएको महिना बितिसकेको बताउदै आफ्नो जिम्मेवारी सुरु गर्न नपाएको बताए। उनले ७ दशक पछी , नेपालमा कस्तो राजनीतिक प्रणाली स्थापना गर्ने कस्तो संविधान बनाउने कस्तो सस्कार निर्माण गर्ने भन्ने सन्दर्भलाई टुंग्याएर नया युगको सुरु भएको बताएका थिए।
उनले नेपालीहरुको लामो समय देखिको एउटा गुनासो परिबर्तन गराउने तर परिबर्तनलाइ संस्थागत गर्ने क्रम मा चुक्नुपर्दा महत्वपूर्ण काम भनेको हामीले कहिले पनि राजनीतिक स्थिरता प्राप्त गर्न नसकेको बताए। सरकारको आयु नै एक वर्ष भन्दा कम भयो ८ महिना ९ महिनामा एउटा सरकार बदलि हुने गरेकोमा गुनासो रहेको बताए ।त्यो बिषयको पनि अहिले सम्बोधन भएको बताए।
उनले यो पटक जनताले दिएको जनादेश नेपाली कांग्रेस जुन पार्टी बाट हामीलाई ५ वर्ष प्रतिपक्षमा बसेर काम गर्न जनादेश दिएको बताउदै बाम गठबन्धनलाइ ५ वर्ष सरकार चलाउन जनादेश दिएकोमा जनताले दिएको जनादेशलाइ सम्मान गरेर हामि आफ्नो ठाउमा बस्ने बताए ।उनले ७ वटै प्रदेशमा स्थिर सरकार बन्ने बताउदै उनले अब हाम्रो प्रतिष्पर्धा ध्यान उर्जा सबै बिकास समृद्दीको बिषयमा लगाउने बताए त्यो सन्दर्भमा सबैले आफ्नो ठाउबाट काम गर्न पर्ने बताएका थिए ।
उनले जनप्रतिनिधि भएर आफ्नो ठाउबाट नेपालको समग्र बिकासको लागि काम गर्ने बताए। उनले हामि फरक फरक तहको सरकारमा आइपुगेको बताउदै समग्र देशको बिकासको काम गर्दै गर्दा आफ्नो क्षेत्रको बिकासको मुद्दालाई छोडेर काम गर्न नसक्ने बताएका थिए। उनले विकासलाइ संग संगै लिएर जाने सन्दर्भमा आफुहरुले पनि काम गर्ने तरिका फेर्ने बताउदै जनताले पनि जनप्रतिनिधि संग सम्बन्ध राख्ने तरिकालाइ अलिकति फेर्ने पर्छ जस्तो लागेको बताए।
उनले खुल्ला छलफल गरेर खुल्ला बहस गरेर बिषयहरुको सन्धर्भमा कुनै पनि बिषयमा सबै तहका सरकारका प्रतिनिधिहरुलाई बोलाएर छलफल गर्दै अघि बढ्ने क्रममा युवाहरुलाई समेट्दै अघि बढ्नुपर्ने बताएका थिए ।उनले खेलकुदको मध्यमबाट पनि खेल क्षेत्रको लागि केहि गर्नुपर्ने बताएका थिए ।