अछामको वैद्यनाथ धाम कटानको उच्च जोखिममा, कटान रोक्नको लागि जनप्रतिनिधीले पहल गर्ने

अछामको वैद्यनाथ धाम कटानको उच्च जोखिममा, कटान रोक्नको लागि जनप्रतिनिधीले पहल गर्ने

कपन अनलाइन

अछाम,माघ १९ /एकेन्द्र महता

अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा परेको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै गएको छ । कटान रोक्नको लागि पहल भएपनि प्रभाव हुन सकेको छैन् । बुढीगंगा नदीले कटान रोक्नको लागि पहल गर्ने यस क्षेत्रका जनप्रतिनिधीले प्रतिवद्धता जनाएका छन् । वि.स १९८६ सालमा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर छेत्रका सबै संरचना बगाएको भए पनि त्यहाँ रहेको शिवलिङग भने यथास्थानमै फेला पर्यो  ।

शिवलिङग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य सुरु गरिएको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै आएपछि यस क्षेत्रका स्थानीले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको क्षेत्रको कटान रोक्नको लागि सरोकारवालले ध्यान दिनुपर्ने पर्ने स्थानीयको भनाई रहेको छ । छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको पछि अहिले वैद्यनाथ क्षेत्र उजाड भएको छ । विगतमा जल उत्पन्न प्रकोप कार्यालय र जिल्ला विकास समितिको पहलबाट कटान रोक्नको लागि पहल भएपनि प्रभावकारी भएन ।

अहिले नयाँ स्टमेट बनाएर कटान रोक्नको लागि पहल भईरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डीराज जोशीको भनाई रहेको छ । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नका पहल गर्ने बताउनुहुन्छ । पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं.१ का सांसद भीम रावल वैद्यनाथ क्षेत्रको कटान रोक्नका लागि आफूले पहल गर्ने आएको बताउनुहुन्छ ।

पूर्व उपप्रधानमन्त्री रावलले सरकार बनेपछि वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि स्थानीयको सुझाव सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ सुदूरको महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा परिचित छ । तर वुढीगंगा नदीको कटानका कारण कुरुप बन्दै गएको छ । कटान रोक्नको लागि भएका पहल पनि प्रभावकारी बन्न सकेका छैन् । त्यसकारण धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि यस क्षेत्रका जनप्रतिनिधीको ध्यान जान आवश्यक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।