गोकर्णेश्वर बिराट धार्मिक महामेला आयोजना गर्न उप समिति बनाउने कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,माघ १७।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री गोकर्णेश्वर महादेव मन्दिर पुन: निर्माण तथा सर्वांगीण विकास समितिले श्री गोकर्णेश्वर महादेव मन्दिर परिसरमा मन्दिरको पुन: निर्माण तथा छाना फेर्नेको लागि सहयोगार्थ फाल्गुन २३ गते देखि चैत्र ३ गते सम्म आयोजना गर्न लागिएको श्रीमद्भागवत महापुराण एबम रुद्राक्ष अर्पण सहित गोकर्णेश्वर बिराट धार्मिक महामेला आयोजना गर्ने क्रममा उप समिति बनाउने कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि श्री इश्वरकृष्ण महाराज रहेका थिए भने बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका की उप प्रमुख शान्ति नेपाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा ८ का अध्यक्ष मनोज ढुंगाना, गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल लगयत स्थानीयको उपस्थिति रहेको थियो। सो कार्यक्रमका सभाध्यक्षता कमल बहादुर बिष्टले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री इश्वरकृष्ण महाराजले मन्दिरको छाना फेर्ने काममा सहयोग गर्न अनुरोध गरेका थिए। उनले आ आफ्नो घरमा भएको पुराना तामा र पित्तलको सामग्री भएमा त्यो पनि सहयोग गर्न अनुरोध गरेका थिए उनले उक्ता छाना फेर्ने फेर्ने काममा तामा पित्तलले पनि सहयोग पुग्ने बतएका थिए।
सोहि कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपालले पनि मन्दिर सबैको साझा भएकोले उक्त काममा हातेमालो गर्दै सहयोग गर्न अनुरोध गरेकी थिइन् ।
कार्यक्रम संचालन श्री गोकर्णेश्वर महादेव मन्दिर पुन: निर्माण तथा सर्वांगीण विकास समितीका सचिब इश्वर पाण्डेले गरेका थिए ।
उक्त कार्यक्रममा उपसमिति गठन गरिएको थियो ११ सदस्यीय महिला परिचालन समिति, प्रचार प्रसार समिति, पुजा ब्यबस्थापन समिति र युवा परिचालन समिति समेत गठन गरिएको थियो ।