चम्पादेवी गाउँपालिका ओखलढुंगाका निर्माण सम्पन्न भएका र निर्माणाधीन सडकहरु
कपन अनलाइन
ओखलढुंगा,माघ १४ ।
चम्पादेवी गाउँपालिका ओखलढुंगाका भाँगे पुनटार पालपु, पालापु आलेगाउँ खोलापारी, पलापु मन्टुडाँडा, जौखोरिया सिलु साइदुवा, फलाटे फेदिगुठ, डाक्घर खाल्टे, सौरेनी स्कुलडाँडा सौरेनी भन्ज्याङ, रानिवान मोरिया र शेरा देविटार सडक निर्माण कार्य सम्पन्न भएका छन ।
त्यस्तै डाँडागाउँ विलन्दु, ढिकुरे वोराडाँडा, भदौरे डडुवा चिप्लिङ हुदै गाउँपालिका, विलन्दु चित्रे ढँवाङढवागे, गाउँपालिका भाँगे चित्र टाउके च्यानडाँडा फुलवारी, रानिवन भैसे, रानिवन भिमसेनथान नरकटे लामिडाँडा र घोराखोरी ठाँटि जलकिनी नपलपुर सडक निर्माणधिन अवस्थामा रहेका छन ।
चम्पादेवी गाउँपालिकाको प्रथम परिषदले सडक संजाल निर्माण गरेर स्थानीय क्षेत्रका उत्पादहरुको बजार प्रवर्धन गर्ने तथा सबै वडाहरुमा यातायातको व्यवस्था गर्ने योजना अनुरुप सडक निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।
सदरमुकाम जानका लागि पहिला दिनौ हिड्नु पर्ने बाध्यता रहेकोले सो को अन्त्यका लागि सडक अनिवार्य भएकोले त्यसमा जोड दिएको गाउपालिका श्रोतले बतायो ।