चन्द्रागिरी नगरपालिका वडा नं १ का पुरातात्विक सम्पदा पुनः निर्माण सुरु
कपन अनलाइन
काठमाडौँ माघ १३ ।
चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक इन्द्रदहमा रहेको प्राचिन पुरातात्विक महत्वको इन्द्र इन्द्रायणी र नारायणको मन्दिर ,पोखरी ,कोतघर ,काजि कालुपाण्डेको समाधि स्थल पुनः निर्माण सुरु भएको छ। २०७२ सालको महाभूकम्पले उक्त मन्दिर सहित अन्य सम्पदामा क्षति पुर्याएको थियो ।
नेपाल सरकार संस्कृति मन्त्रालय अन्तर्गतको पुरातत्व बिभागले बनाउन सुरु गरेको हो।उक्त मन्दिर पुनःनिर्माण कार्यको सुभारम्भ कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी ,इन्द्रदह एकीकृत पर्यटन विकास समितिका पदाधिकारी एबम स्थानीयको उपस्थितिमा पुन:निर्माण कार्यको सुभारम्भ भएको वडा अध्यक्ष राजेन्द्र के सी ले कपन अनलाइन लाइ जानकारी गराए।
उनले नेपाल सरकार शहरी बिकास मन्त्रालय द्वरा यसै आ वामा इन्द्रदह परिसरमा नमुना पार्क निर्माण अन्तर्गत कम्पाउण्ड वाल लगायने कार्य पनि द्रुत गतिमा अघि बढी रहेको जानकारी दिए ।उनले पुननिर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई पनि धन्यबाद दिएका छन ।
फोटो सौजन्य : राजेन्द्र के सी