नवदुर्गा जेष्ठ नागरिक प्रतिष्ठान नेपालको निशुल्क स्वास्थ्य सिविर सम्पन्न
कपन अनलाइन
काठमाडौ, माघ १३ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पुष्पलाल माबीमा नवदुर्गा जेष्ठ नागरिक प्रतिष्ठान नेपालको आयोजनमा निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको छ ।
बिहान १० बजे बाट सुरु भएको उक्त स्वास्थ्य सिविर बेलुका ४ बजे सम्मचलेको थियो । उक्त स्वास्थ्य सिविरमा निशुल्क दन्त परिक्षण गर्नुको साथै मौखिक स्वास्थ्य जनचेतनाको रक्त परिक्षण,ब्लडप्रेसर जांच लगायतका अन्य स्वास्थ्य परिक्षण गर्न सकिने आयोजकले बताएको छ।
उक्त स्वास्थ्य सिविरमा कपन मिलन चोकमा रहेको दन्तपुर डेन्टल केयर प्रा.लिले निशुल्क दन्त परिक्षणको साथै परामर्श समेत दिएको छ।उक्त स्वास्थ्य सिविरमा जेष्ठ नागरिक ,बालबालिका सबैको उल्लेख्य उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।