नेक्स्ट जेनेरेसन इभेन्ट क्लव बुढानिलकण्ठ -१२ को स्वास्थ्य सिविर सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ १३ ।
नेक्स्ट जेनेरेसन इभेन्ट क्लव बुढानिलकण्ठ -१२ को आयोजना गृहिणी महिला संघ नेपाल र फाइन सर्जिकल नेपाल प्रा लिको संयोजनमा आज बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको त्रिज्योति माविमा निशुल्क स्वास्थ्य सिविर आयोजना गरेको छ । सो स्वास्थ्य सिविरमा जनरल र मुटु रोगको परिक्षण भएको छ। उक्त स्वास्थ्य सिविर लाइ बुढानिलकण्ठ नगरपालिकाले सहयोग गरेको छ ।
गृहिणी महिला संघ नेपाल पुल्चोकले हरेक बर्ष माघ महिनामा जेष्ठ नागरिक हेरचाह कार्यक्रम अन्तर्गत १४ बर्ष भन्दा माथिका सबैलाई लाइ ५ जना डाक्टरहरुको युनिट स्टाफ नर्स ३ जना र फाइन सर्जिकल नेपाल प्रा लि बाट औषधी उपलब्ध गराएको त्यसको साथै सो स्वास्थ्य सिविर सम्पन्न भए पछी ८० वर्ष भन्दा माथिका ५ जना जेष्ठ नागरिक सम्मान कार्यक्रम पनि गरिने गृहिणी महिला संघ नेपाल की उपाध्यक्ष अमृता शर्माले कपन अनलाइन लाइ जानकारी गराइन ।