लोक कथा मंचमा

लोक कथा मंचमा

कपन अनलाइन

काठमाडौँ, माघ १२ ।

धेरै पहिले  देखी हरेक घर घरमा सुनाउदै आइएको कथा बाचन नेपाली समुदायमा पनि लोकप्रिय छ,कथाकै कारण घरका हजुरआमा हजुरबुबा नातिनातिनाका लोकप्रिय पात्र बन्दैआइरहेका छन् ।यसरी सुनाउदै आएको लोककथा एक पुस्ता देखी अर्को पुस्ता सम्म हस्तान्तरण हुदै जादा परिमार्जित हुदै पनि आइरहेको छ। यसरी सुनिदै सुनाउदै आएका कथाहरु कति अलौकिल काल्पनिक छ्न भने कति बास्थबिक जिबनमै मेल खाने उपदेशात्मक छ्न ।

यस्तै कथालाइ आधार मानी लोक दृस्टि थियटर काठमाडौले कथालाइ नाट्य रुपान्तरण गरी सातुको कथा मंचन गरेको छ ।प्रत्यक्ष सङ्गित बाट कथा बाचन सुरु हुने उक्त नाटकमा एक ब्यक्तिले आफन्त घरबार गुमाए पछि अन्तिम बिकल्पमा आफुलाइ जोगि (सन्यासिको)रुप धारण गर्छ।

उसले  आफ्नो  सम्पूर्ण  जिबन बनाउन सातु बेचेर कमाएको पैसाले देखेका अनेक रङ्गिन स्वप्निल उतारचढाव मंचमा देख्न पाइन्छ। कथालाई नाट्य परिकल्पना एवं निर्देशन प्रेम पौडेलले गरेका छन ।उनलाइ मंचमा प्रभाकर न्यौपाने,बाशुदेव खनाल,पुष्प अवस्थी,साक्षी लम्साल,गायत्री त्रीपाठी,खुम के.सी,कमल ओलीले साथ दिएका छन ।नाटक सिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा माघ ११देखी १५ सम्म हरेक दिन ११बजे १र साझ ५बजे मंचन हुने   रंग कर्मी शालिक राम भण्डारीले कपन अनलाइन लाइ जानकारी दिए ।

फोटो सौजन्य : शालिक राम भण्डारी

तपाइँको प्रतिक्रिया ।