महाँकाल स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति गठन

महाँकाल स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति गठन

कपन अनलाइन 

काठमाडौ,माघ १२ ।

बूढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङकाे अध्यक्षता महाँकाल स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ।

नगर प्रमुख उद्धवप्रसाद खरेल काे प्रमुख अतिथि रहेको उक्त   बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका उप प्रशासक डा. नरेन्द्र झा बिशेष अतिथि  रहेका थिए। र तत्कालिन अध्यक्ष राजेन्द्रसापकोटा को  अध्यक्षतामा भएकाे यस बैठकले वडाअध्यक्ष काे नेतृत्वमा संरक्षक सहित ९ सदस्यिय समिति गठन गरेको छ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेलले यस स्वास्थ्य चाैकि र यहाँ बाट दिने सेवा व्यवस्थित गर्न अाफुहरु‌ लागि पर्ने बताएका थिए।

उक्त कार्यक्रममा  बाेल्दै नगर पालिका जनस्वास्थ्य संयाेजक भवानी दहालले नव निर्वाचित सम्पूर्णमा सफलकार्यकाल काे शुभकामना सहित बधाई दिदै नगर पालिका का सम्पूर्ण स्वास्थ्य गतिबिधि स्पष्ट पारेकी थिइन  भने निर्देशन अनुसार पुनर्गठन गर्ने क्रममा महाकाल स्वास्थ्य चौकीकाे पनि नयाँ कार्यसमिति चयन गर्नु परेकाे महाँकाल स्वास्थ्य चाैकिका इन्चार्ज केशव दाहाल ले बताए ।

यस बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय र महिला स्वास्थ्य स्वयं सेविका बाटै पनि लामाे समय सेवा गरि नृवृत भएका लाई सम्मान गरिएको थियो। नगर प्रमुख संरक्षक रहने साे समिति ९ सदस्यीय रहने व्यवस्था छ। उक्त बैठकमा नव निर्वाचित अध्यक्ष वडा नं ८ का अध्यक्ष र वडा नं ९ का अध्यक्षले यस स्वास्थ्य चाैकि र यहाँ बाट दिने सेवा व्यवस्थित गर्न अाफुहरु‌ लागि पर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।