ग्रामिण चक्रपथ निर्माण कार्य सहजीकरणका लागि स्थानीय भेला सम्पन्न

ग्रामिण चक्रपथ निर्माण कार्य सहजीकरणका लागि स्थानीय भेला सम्पन्न

कपन अनलाइन

,१काठमाडौँ माघ १।

गोकर्णेश्वर  नगरपालिका वडा नं ३ बालुवा  गाम्चामा आज  ग्रामिण चक्रपथ अन्तर्गत जगडोल बालुवा ,नयपाटी सुन्दरीजल गागलफेदी (१२ किमी ) सडकको लागि टेन्डर भएको सो सडक निर्माण कार्य सहजीकरण गर्ने उदेश्यका साथ् भेलाको आयोजना गरिएको थियो ।

सो भेलामा काठमाडौ निर्वाचन क्षेत्र नं३ प्रतिनिधि सभा सदस्य कृष्ण राई  त्यस्तै गरि  प्रदेश ख बाट बिजयी भएका माननीय सांसद रामेश्वर फुयाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष राजेन्द्र भण्डारी वडा सदस्य लक्ष्मी भण्डारी त्यस्तैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं १का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल,  उद्दब भण्डारी, इश्वर प्याकुरेल  स्थानीय नेता उद्दब बिष्ट  , स्थानीय नेता हर्कबहादुर तामांग , ,उपभोक्ता ठेकेदारका प्रतिनिधि , लगयात स्थानीय को उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य कृष्ण राइले सडक निर्माणको क्रममा सबैले सहयोग गर्नु पर्ने बताउदै सडक निर्माण पछि जनताको आर्थिक स्थिति समेत सुधार हुने बताएका थिए  ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद रामेश्वर फुयालले  ग्रामिण चक्रपथ काँठ क्षेत्रको जगडोल, बालुवा ,नयापाटी सुन्दरीजल गागल सातघट्टे अधिकारी गाउ ,साँखु तेलकोट र कागेश्वरी चक्रपथको कामको लागि २४ करोड ९९ लाखको काममा गति पैदा गर्न पहल स्वरुप सो  भेला आयोजना गरिएको बताए।

उनले यो साझा काम भएकोले सबैको सहयोग आवश्यक रहेको बताए।  उक्त भेलाले उद्दब बिष्टको संयोजकत्वमा जगडोल बालुवा खण्डको सडक निर्माणको लागि  १५ सदस्यीय समिति बनाइएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।