बुढानिलकण्ठ नगरपालिकाको नगर परिषद आयोजनमा किन ढिलाई भैरहेकोछ ?

बुढानिलकण्ठ नगरपालिकाको नगर परिषद आयोजनमा किन ढिलाई भैरहेकोछ ?

कपन अनलाइन

काठमाडौ,माघ १०।

काठमाडौ जिल्लाका अधिकासं नगरपालिकाहरुमा नगर परिषदको तयारी र प्रक्रिया सुरुवात भैसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकामा यस विषयको प्रारम्भिक छलफल समेत सुरु भएको छैन ।

नगरपालिकाको नीति ,नियम ,योजना तथा कार्यक्रम निर्माण गर्ने महत्वपूर्ण थलो र कामको रुपमा रहेको नगर परिषद्को आयोजना गर्न ढिलाई हुदा नगरपालिकाको आर्थिक ,भौतिक र मानवीय विकासमा असर पारिरहेको छ ।

नगरपालिकाका वडाहरुमा भएका विकास निर्माण,लक्षित बर्गका कार्यक्रम र तिनको सम्पादन आवस्था ,बजेट व्यवस्थापन र परिचालन जस्ता निकै महत्वपूर्ण र आवस्यक विषयहरुमा छलफल गर्न हुने केहि दिनको ढिलाईले पनि नगरपालिकाको कार्यसम्पादन प्रक्रिया र जनप्रतिनिधिको जागरुकपन र इच्छा शक्तिमा नकारात्मक असर पर्ने हुदा स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले स्थानीय संसद्को रुपमा रहेको परिषद समयमानै गर्नुपर्ने हुन्छ ।

आर्थिक वर्षलाई बिनियोजन गरिएका बजेट र योजनाहरुका वारेमा बृहत छलफल भएर आगामी दिनका योजना तय गरिसक्नु पर्ने समयमा त्यस सम्बम्धि प्रारम्भिक बहस समेत सुरु नगरिएकोले आगामी वर्ष र यस वर्षका योजना कार्यान्वयनमा समस्या सिर्जना हुने देखिन्छ ।

यस पटकको नगर परिषद्को अन्तिम चरण सम्म पुग्दा आम नगरवासीको प्रतिनिधि मुलक सहभागितामा व्यापक बहस र अन्तर्किया गरेर योजना तय गर्दा प्रभावकारी हुने नगरपालिकामा बसोवास गर्दै आएका एक बुद्दिजिविले बताए ।

नगरवासीले आफुले निर्वाचित गरेर पठाएका जन प्रतिनिधिले प्रतिनिधि मुलक ढंग बाट सबैको राय सुझाव र योजनाहरु संकलन गर्दा नगरवासीले त्यसको अपनत्व ग्रहण गर्ने र कार्यसम्पादन चुस्त र प्रभावकारी बन्ने उनले बताए ।

यस नगर परिषदमा विगत भन्दा फरक र निर्वाचन दौरान गरेका बाचा तथा प्रतिवादत्ताहरु जन प्रतिनिधिले कुन किसिमले समावेस गर्दछन भन्ने विषय आम नगरवासीको व्यग्र प्रतिक्षाको विषय बनेको छ ।त्यसै यस नगर परिषद्लाई आम नगरपालिका वासी र यस सम्बन्धि चासो राख्ने सबैले निकै चासोका साथ हेरिरहेका छन ।

यस  नगर परिषद जनताले आफ्नो भनेर महसुस गर्ने किसिमले गर्नुपर्ने र त्यसमा चरणवद्ध रुपमा बृहत छलफल र अन्तरकृया सहित ठोस दिर्घकालिन र अल्पकालिन योजना निर्माण गरि अनुमोदन हुनु पर्ने एक सामाजिक कार्यकर्ताले बताए ।

यसमा हिजो जस्तो सिमित प्रतिनिधि बसेर आफु अनुकुल योजना तथा कार्यक्रम तय हुनु नहुने भन्दै उनले सार्वजनिक सुचना जारि गरेर नगरपालिकाले सल्लाह तथा सुझाव संकलन गर्नुपर्ने बताए ।

प्राकृतिक,सांस्कृतिक ,भौतिक र मानवीय पूजीको प्रचुर भण्डार रहेको यस बुढानिलकण्ठ नगरपालिकाको आसन्न परिषद्लाई नगरको मार्ग चित्र निर्माण गर्ने परिसदका रुपमा संचालन गर्नुपर्ने देखिन्छ जसमा अहिले भैरहेको ढिलाइले असर गर्ने हुदा यथासिघ्र परिषद्को प्रक्रिया सुरु गर्नुपर्ने देखिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।