हनुमान ढोका-स्वयम्भु सम्पदा मार्ग निर्माण बारे जीवनराम श्रेष्ठ र युनेस्को प्रतिनिधि विच छलफल
कपन अनलाइन
काठमाडौ.माघ ५।
काठमाडौ क्षेत्र नं ८ प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र युनेस्कोका प्रतिनिधि क्रिस्टियन म्यान्हार्ट विच हनुमान ढोका देखि स्वयम्भु सम्म सम्पदा पदमार्ग बनाउने विषयमा छलफल भएको छ ।काठमाडौ महानगरपालिका वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन सहितको टोलीले आज श्रेष्ठले निर्वाचनको घोषणा पत्रमा उल्लेख गरेको पदमार्ग बनाउने विषयमा महत्वपूर्ण छलफल भएको हो ।
सो छलफलमा पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन का लागि प्रतिनिधि सभा सदस्य र युनेस्को को तर्फ बाट एक/एक सदस्य राखेर अध्ययन दल बनाउने सहमति भएको छ ।
काठमाडौको केन्द्र भागमा रहेको हनुमान ढोका बाट विच भागमा रहेका विभिन्न अन्य सांस्कृतिक र पौराणिक मठ मन्दिर ,जात्रा संस्कृतिक अवलोकन सहित स्वयम्भु पुग्ने पैदल मार्ग निर्माण को कुरा निकै पहिला देखि उठे पनि अहिले आएर यसले सार्थकता पाउन लागेको छलफलमा सहभागी एक सदस्यले बताए ।
फोटो सौजन्य :निरज श्रेष्ठ