निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा नगर्ने प्रबित्ति तोड्छु : डा. भट्टराई

कपन अनलाइन

काठमाडौं ,माघ ४ ।

काठमाडौँ महानगरपालिका वडा नं ७ सिफलमा मतदातालाई  धन्यवाद ज्ञापन गर्ने उद्देस्यले आयोजना  गरिएको कार्यक्रममा गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं.४ का उम्मेदवार रहेका ड़ा. राजन भटर्राईले निर्वाचनको समयमा गरेका पर्तिबद्द्ता गर्ने तर पुरा नगर्ने प्रबित्ति निर्वाचित भए पनि अथवा पराजित भए पनि उपस्थित नहुने प्रबित्तिलाइ तोड्ने बताएका छन् । उनले अब छलफल भेटघाट जारि रहने बताउदै निर्वाचन पछिको  पहिलो भेटघाटमा यो भेटघाटलाइ  सुरुवातको रुपमा लिनको लागि अनुरोध गरेका थिए ।

उनले  प्राप्त परिणाम बाट हतास तथा निरास नभै कन उचो आत्मविश्वासका अघि बढ्नु पर्ने बताएका थिए । उनले अबको  काम भनेको आर्थिक विकास सुशासन्  र राजनीतिक स्थिरता रहेको बताएका छन् । यी तीन वटा मूल उदेश्यका साथ् आफुहरु निर्वाचनमा गएका बताउदै उनले  त्यो प्रति आफुहरु पूर्ण प्रतिबद्द भएको र आउने पांच वर्ष  जुन राजनीतिक अस्थिरताले मुलुकलाई  गाँजेको छ त्यसलाई अन्त्य गर्नु पर्छ भन्ने कुरामा कुनै किसिमको दुबिधा नरहेको बताएका थिए।

उनले एकल बहुमत प्रतिनिधि सभामा प्राप्त नगरे पनि अन्य दलहरु सित खास गरि नेकपा माओबादी केन्द्र संग निर्वाचन को बेला देखी नै गठबन्धन गरेकोले  अब त्यसलाई अझ बलियो बनाउदै पांच वर्षको स्थाई सरकार सुनिश्चितता गर्न लागिरहेको बताए।

उनले यो निर्वाचन पछिको प्रतिबद्दता त्यै भएको र त्यो पछिको पनि कार्य योजना भएको बताएका थिए। उनले त्यो कार्य योजनालाइ कार्यन्वयन गराउने बताए  उनले एकता हुने र एकता गरेर आउने पांच वर्ष बामपन्थीको  सुनिश्चित स्थाई सरकारको रुपमा स्थापना गर्ने जे प्रतिबद्दता गरेका छौ त्यो गर्ने बताए ।

उनले त्यसैका माध्यम बाट संबिधानका प्रावधान अनुसार कानुनहरु निर्माण गरेर मुलुकलाई लोकतान्त्रिक बिधि र प्रक्रिया अनुसार अघि बढाउने  बताएका थिए । दोस्रो कुरा बिकासको लागि आफुहरुको ध्यान राजनीतिक स्थिरता प्राप्ति संगै मुलुकमा देखिने किसिमका परिबर्तन हुनु पर्ने भन्दै जनताका जीवन संग जोडिएका जनताका जीवनमा परिबर्तन देखिने किसिमका गतिबिधि अगाडी बढ्नु पर्ने बतएका थिए। त्यो गतिबिधि अघि बढ्नको लागि  बिकासको अभियान अघि बढ्नु पर्ने  बताए ।

उनले यहि टोलको सन्धर्भमा पनि निर्वाचनको क्रममा बोलेका प्रतिबद्दताहरु कसरी  लिएर जाने भन्ने सवालमा  सिफल चौर, बाटो र स्थानीय समस्याको  बारेमा पटक पटक छलफल भएको बताउदै के गर्ने भन्ने बिषयमा कसरी जाने भन्ने बारेमा छलफल गर्दै जाने बताए ।

उनले त्यही ट्रयाक भित्र रहेर स्थानीय तह संग अझ बढी गहन हिसाबले छलफलमा सहभागी भएर त्यसका आधारमा निस्किएका निचोडहरुलाई वडाको योजनामा पारेर वडाको माध्यम बाट महानगरको योजनामा पारेर कार्यान्वयन तर्फ जानु पर्ने बताएका थिए ।

उनले सबै तहका सरकारसंग समन्वय गरेर घोषणा पत्रमा उल्लेख गरे बमोजिम र मतदाता बीच प्रतिबद्धता जनाए बमोजिम बिकास निर्माण र जनचासोका बिषयमा आफु कहिल्यै पछी नपर्ने  बताउदै कार्यक्रममा निर्वाचन अभियानको अवधि भर आफुलाई अत्यन्तै सक्रियता र उत्सुकतापूर्वक सहयोग, समर्थन र माया गर्ने सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम मतदातामा धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा ४ १ का उम्मेदवार निर्मल कुइँकेल र कामपा वडा ७ का अध्यक्ष सुद्ध डंगोल,वडा सदस्य कृष्ण प्रसाद घिमिरे,मिलन खरेल,सोमबहादुर गुरुङ लगाएत स्थानीयवासीहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन दिपेन्द्र पुडासैनीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।