बागमती नदीको पानीबाट काठमाडौलाई उज्यालो बनाउने अभियानमा बुनपा १२ निवासी इन्जिनियर रत्न बम्जन

बागमती नदीको पानीबाट काठमाडौलाई उज्यालो बनाउने अभियानमा बुनपा १२ निवासी इन्जिनियर रत्न बम्जन

कपन अनलाइन 

काठमाडौ,माघ ४ ।

काठमाडौं उपत्यकाको शिर बागद्वार बाट बग्ने बागमती नदीको पानी भन्ने वितिकै सबैले फोहोर मिसिएको दुषित पानी भनेर सम्झिन्छन तर त्यहि पानी बाट काठमाडौलाई उज्यालो बनाउने काममा सक्रिय भएर लागेका छन बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी इन्जिनियर रत्न बम्जन ।

करिव ४ अर्व लागतमा निर्माणाधीन बागमती साना जल बिद्युत आयोजनाले निर्माण गरिरहेको जल बिद्युत आयोजनाको रेसिडेन्ट इन्जिनियर रहेका बम्जन  बागमती सभ्यताको पहिचान स्थापना गर्ने वर्ष देखि त्यहाँ सक्रिय छन ।

मान्डु हाइड्रोपावर लिमिटेडको लगानी रहेको त्यस आयोजना बाट २२ मेघावाट बिजुली उत्पादन हुनेछ जुन भिमफेदी धोर्सिङ कुलेखानीको पावर हाउस हुदै काठमाडौं प्रशारण लाइन संग जोडिने छ ।

मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालिका वडा नं ८ मा रहेको उक्त आयोजना २०७५ शाल असर सम्म सम्पन्न गर्ने लक्ष्य सहित अहिले काम भैरहेको इन्जिनियर बम्जन बताउछन ।

अव केहि प्राविधिक काम मात्र बाँकि छ भने सुरुंग को ब्रेक थ्रु गर्न केहि समय लाग्नेछ उनले थपे त्यस पश्चात हामी बिजुली उत्पादन गर्ने चरणमा पुग्छौ ।

यो आयोजना सम्पन्न भए पश्चात बागमतीको जुन परिचय छ त्यसमा केहि सकारात्मक पन थपिने उनको बुझाई छ ।

आयोजना निर्माणमा स्थानीयहरुको निकै सकारात्मक सहयोग र पहलकदमी भएकोले निर्माण कार्य सहज रुपमा अगाडी बढेको बम्जनले बताए ।यदि नाका वन्दी र भूकम्प नभएको भए बागमती नदी बाट उत्पादन भएको बिजुली काठमाडौं वासीले बालिसक्ने बम्जन बताउछन ।

यस अगाडी सिन्धुपाल्चोक जिल्लाको चाकु जल विद्युत आयोजना सफलता पुर्वक निर्माण सम्पन्न गरेका बम्जन आफुले बाल्यकाल देखिनै देख्दै हेर्दै आएको नदी बाट बिजुली निकाल्ने अभियानको नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दछन ।

अवसर ,विस्वास र जिम्मेवारी भएमा नेपालमा रहेका जनशक्तिहरु जुन सुकै आयोजना सम्पन्न गर्न सक्षम रहेको बताउने बम्जनले यस आयोजना पश्चात बागमती सभ्यतालाई प्रवर्धन गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।