शंखरापुर नगर प्रमुख सुवर्ण श्रेष्ठको अगुवाइमा शालिनदी क्षेत्रको बजार अनुगमन
कपन अनलाइन
काठमाडौं,पौष २५ ।
शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठको अगुवाइमा शालिनदी क्षेत्रको बजार अनुगमन गरेको छ।अनुगमनका क्रममा सडक मिचेर अस्तव्यस्त तवरले व्यापार गर्नेहरूलाई ब्यव्स्थित पार्न सजक गराउनु साथै मूल्य सूची नराख्ने होटल, पसललाई तत्काल मूल्य सूची राख्न निर्देशन दिइएको छ।
मेला स्थल र आसपासका होटलहरूमा सरसफाइ कायम राख्न र उपभोक्ताको स्वास्थ्यमा असर पार्ने किसिमले कुनै पनि वस्तुहरू बिक्री वितरण नगर्न कडा निर्देशन दिइएको छ। यस्तो निर्देशनको अवज्ञा गर्नेलाई कानून बमोजिम कडा कारबाही गरिने सम्पूर्ण व्यापारीहरूलाई जानकारी गराइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडा,इलाका प्रशासन कार्यालय साँखुका प्रतिनिधि,महानगरीय प्रहरी प्रभाग साँखुका सई टंक पुडासैनी,माधव नारायण मेला तथा स्वस्थानी व्रत सेवा समितिका प्रतिनिधि,शंखरापुर वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ आदि सम्मिलित सो अनुगमन टोलीले शालिनदी क्षेत्रको सरसफाइ र व्यवस्थापनको समेत अनुगमन र अवलोकन गरेको छ। बजार तथा मेलासँग सम्बन्धित कुनै पनि समस्या भएमा नगरपालिका वा प्रहरीमा जानकारी दिई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
फोटो सौजन्य :- नवराज गुरुङ