निजि प्लटिंङका कारण बुनपा १० ह्यान्डबल चौर नजिकको पार्कमा क्षती पुग्यो (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ,पौष २४ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्डबल निजकै भैरहेको प्लटिंङ माथि सबैको एक पटक आँखा पुग्नु स्वभाबिकै हो ।अहिले अनियन्त्रित जमिन प्लटिंग अनि अस्तब्यस्त सहरीकरणले हाम्रो गाउँ, शहरलाई कुरुप त बनाएको नै छ साथसाथै त्यसले दुरगामी वातावरणिय असरहरु पनि निम्त्याएको छ।
यहाँ हामीले सरोकार राखेको विषय बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्ड बल निजकै भैरहेको प्लटिंङको हो। उक्त ठाउमा प्लाटिंग गर्दा माटो भर्ने क्रममा माटो खसेर त्यहा भएका खेल मैदान सार्बजनिक भौतिक संरचनाहरु नेपाल सरकार बाट निर्मित खेल मैदान पर्खाल सहित बस्न राखिएको बेन्चमा समेत असर गरेको छ ।
उक्त खेल मैदान नजिक भैरहेको प्लाटिंगको कारण खेल खेल्ने खेलाडीहरुलाई समेत समस्या परेको छ। निजि प्लटिंङ बाट खसेको माटोले पार्क पुरिएको छ भने त्यहाँ राखिएका बेन्च भाचिएका छन ।त्यस्तै त्यस स्थानमा लगाएको बार समेत भाचिएको छ ।नेपाल सरकार र खेलकुद समितिको लाखौ रकम खर्च गरेर निर्माण भएको भौतिक सम्पति यसरी बिग्रिदा सरोकार वाला पक्ष स्थानीय सरकार ,उक्त खेल मैदान र पार्क व्यवस्थापन समिति र स्थानीय समाज सेवीहरुले चासो दिनुपर्ने देखिन्छ ।यस तर्फ यथा सिघ्र ध्यान दिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्दछौ ।
अनुरोध गर्ने
बुढानिलकण्ठ १० ,ह्यान्डवल चौरका स्थानीय तथा खेलाडीहरू