बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा वडा नं ११ जगडोलको ढुंगेधारा मर्मत कार्य सुरु
कपन अनलाइन
काठमाडौ,पौष २३ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको स्थानिय ढुङगेधारा स्वच्छ पिउने पानीको लागि यस भेगको श्रोत रुपमा लिइन्छ। तर बिगतका केहि वर्ष देखि उक्त धारा निकासका लागि बनाइएको ड्रेन थुनिएर पछि समय समयमा समस्या आएको थियो।
यसरी पानीको निकास अबरुद्द हुँदा उक्त पानी प्रयोग गर्ने स्थानीयहरुले समस्या खेप्नु परेको थियो । त्यति मात्र नभई निकासको पाइप सानो भएको र धारामा नुहाउन , लुगा धुन आउनेले स्याम्पुको खोल ,सबुनका खोल हरु धारा परिसरमा नै छोड्ने गर्नाले उक्त खोल हरु पानीले बगाइ पानीको निकास भएको ड्रेन टालिने गरेको थियो।
अब ठुलो ड्रेन सहित पानीको निकास हुने भएकोले उक्त समस्या बाट स्थानीयले राहत महसुस गर्नेछन ।उक्त समस्या समाधान गर्नको लागि जगडोल प्रबेशद्वार निर्माण कार्यदल उपभोक्ता समितिले ड्रेन बनाइ ठुलो धारा मर्मतको काम सुरु गरेको छ।
बुढानिलकण्ठ नगरपालिका बाट १ लाख रुपैया र २४,६८१.३५ रुपैया श्रम दान उपभोक्ता समितिले व्यहोर्ने गरि जम्मा १२४६८१.३५ रुपैया को कुल लागतमा उक्त ढुंगेधारा मर्मत हुन लागेको छ ।१५ दिनमा काम सक्ने गरि मर्मत कार्य अघि बढाइएको छ। उक्त मर्मत कार्यको ब्यबस्थापनमा जगडोल रेसिडेन्ट ग्रुपले गर्दै छ ।
धारा मर्मत र ड्रेन निर्माणले स्थानीयमा खुसि छाएको छ । २०७२ सालको भूकम्पले गर्दा धाराको पेटीमा क्षति पुगे पछि केहि समय अघि मात्र जगडोल रेसिडेन्ट ग्रुप र स्थानीयबासीको पहलमा उक्त धाराको पेटी मर्मत र रंग रोगन गरेका थिए । साथै स्थानीयलाई रातको समयमा समेत पानी उपभोग गर्न सजिलो होस् भनेर धारा परिसरमा बत्ति समेत जडान गरिएको छ ।