नेपाल बिद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गर्ने व्यक्तिहरु पक्राउ

कपन अनलाइन

काठमाडौं,पौष २० ।
नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइ दिने भनी ठगी गर्ने कार्यमा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँ बानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणमा सिनियर मिटररिडर पदमा आवेदन दिएका मध्ये केही आवेदकसँग जयप्रकाशले आफु श्रम मन्त्रालयको कर्मचारी हुँ भनि प्रभावमा पारी प्राधिकरणका जिएम लगायतका ठूला कर्मचारी चिनेको छु, खर्च गरेमा जागिर लगाइदिन सक्छु भनी आफ्नो बैंक खाता मार्फत १० लाख रुपैयाँ ठगी गरी दुवैजना सम्पर्क विहिन भएपछि खोजतलासको क्रममा अशोकलाई पुस १७ गते काठमाडौं सिनामंगलबाट र जयप्रकाशलाई पुस १८ गते प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु माथी  थप अनुसन्धान कार्य भइरहेको उक्त महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।