बुनपा ३ निलोपुल-मुहानपोखरी सडक मर्मतको लागि सकृय बने अध्यक्ष बालकृष्ण श्रेष्ठ

बुनपा ३ निलोपुल-मुहानपोखरी सडक मर्मतको लागि सकृय बने अध्यक्ष बालकृष्ण श्रेष्ठ

कपन अनलाइन 

काठमाडौ,पौष १३।

धेरै लामो समय देखि बुनपा ३ निलोपुल-मुहानपोखरी जाने पुरानो सडक र नयाँ सडक दुबैको मरम्मत सम्भार कार्य नहुँदा स्थानियवासीले अत्यन्तै कष्टकर अवस्था भोग्न वाध्य भएका छन ।यस सडक सम्बन्धमा व्यापक जनगुनासो आए पछी अध्यक्ष श्रेष्ठ आफै यसको निरीक्षण र अनुगमनमा सकृय बनेका छन।

यस बाटोको दुरावस्था भएको लामो समय बितिसके पछी बल्ल बल्ल मर्मत सुरु भएको छ तर निकै सुस्त गतिमा अगाडी बढेको वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

यस विषयलाई लिएर सम्वन्धित सडक विभागका ईन्जिनियर मीन प्रसाद भण्डारीलाई सम्पर्क गर्न खोज्दा विसन्चो भई ओछ्यान परेको खबर प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्वन्धित ठेकेदारहरु संग सम्पर्क हुँदा निलो पुल-मुहानपोखरी पुरानो बाटो निर्माण कार्य नयाँबाटो हिजोबाट सुरु भएको जानकारी प्राप्त गरेको उनको भनाइ छ ।

यो बाटो निर्माण कार्य अगाडी बढ्दै गर्दा त्यस स्थानमा आवागमन लाई पनि सहज बनाउने व्यवस्था गर्न र गुणस्तर कायम गर्नका लागि पहल गरिदिन पनि अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन ।

यो बाटो मर्मत र निर्माण नहुदा स्थानीयहरुले निकै शास्ती खेप्नु परेको र यसको चाडै निर्माण हुनु पर्ने एक स्थानीयले कपन अनलाइनलाई बताएका छन ।

फोटो सौजन्य : बालकृष्ण श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।