चपली बम विस्फोटका घाइतेलाई गगन थापा र साधुराम खड्काले भेटे
कपन अनलाइन
काठमाडौ,पौष १३।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचारप्रसारको क्रममा काठमाडौंको चपलीमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित भएपछि गगन थापाले भेटेका छन् ।थापा संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस सभा २ मा नेपाली कांग्रेसका तर्फ बाट उम्मेदवार साधुराम खड्का पनि सहभागी थिए।
बुधबार घाइते रेनु वरुवालको घरमा नै गएर गगन थापाले उपचारको अवस्था र स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएका थिए।उक्त भेटमा उनले उपचारमा कुनै कमि हुन् नदिने र त्यसको लागि चाहिने सबै सहयोग उपलव्ध गराउने आस्वासन दिएका थिए ।
गत मंसिर १८ गते बुढानिलकण्ठको चपली हाइटमा भएको बम आक्रमणमा आठ जना घाइते भएका थिए ।विस्फोटमा बरुवालसहित श्याम श्रेष्ठ, राजकाजी श्रेष्ठ, जयराम लामिछाने गम्भिर घाइते भएका थिए । सबै जनाको उपचार चलिरहेको छ ।
फोटो : रेनु बरुवाल फेसबुक वाल