समानुपातिक तर्फ अहिले सम्म कुन पार्टीको कति मत ?
कपन अनलाइन
काठमाडौ,मंगसिर २७
बुधबार बिहान ७ बजे बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिक तर्फ कुल खसको मत एक करोड ५ लाख ८७ हजार ५२१ मध्ये ५० लाख ४८ हजार ४३४ मतगणना भइसकेको छ जसमा तीन प्रतिशतको थ्रेसहोल्ड प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल साथै राजपाले पनि कटाएको छ।
तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्याउन राप्रपा, विवेकशील साझा र राजपा नेपाल पनि अघि बढिरहेको छ। यी दलहरुले दुई प्रतिशत मत कटाइसकेका छन्।
कुन दलले कति मत प्राप्त गरे ?
नेकपा एमाले : १७७२०००
नेपाली कांग्रेस : १६८८१९६
माओबादी केन्द्र : ७००२१७
सधीय समाजवादी फोरम, नेपाल : २१४५५८
राष्ट्रिय जनता पार्टी : १५०९४८
राष्ट्रिय प्रजातन्त्र पार्टि : ११६११३
साझा बिबेकशील पार्टी : ११२०७५
नयाँ शक्ति पार्टी , नेपाल : ५३००८
राष्ट्रिय प्रजातन्त्र पार्टि(प्रजातान्त्रिक) : ३९३७७
राष्ट्रिय जनमोर्चा : ३३८२४
अन्य : १६८११२