प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री देउवासँग सहकार्य गरेर अघि बढ्छौ :भिम रावल
कपन अनलाइन
अछाम, मंसिर २६/एकेन्द्र महता
अछाम नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं.१ का नवनिर्वाचित सांसद भीम रावलले प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य गरेर अघि बढने बताउनुभएको छ ।
सयुक्त वामगठबन्धनको विजय सभालाई आज साँफेबगरमा सम्वोधन गर्दै रावलले यस क्षेत्रको विकासको लागि नेपाली काँग्रेसका सभापतिको भूमिका पनि महत्वपूर्ण रहने स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसलाई चुनावबाट जनताले प्रतिपक्षको भूमिकामा पुगेकाले काँग्रेसलाई नआत्तिन आग्रह गर्दै विपक्षीप्रति गठबन्धनको सरकारले कुनै भेदभावन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
स्थायीत्व र सम्बृद्ध मुलुक निर्माणका लागि नेपाली जनताले मताधिकार प्रयोग गरेको बताउनुभयो । संविधान निर्माणसँगै अव कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितिर अघि बढाउने बताउनुभयो । नेपाली काँग्रेसलाई जनताले वहुमत/दुईतिहाई वहुमत दिएपनि जनताको मतको सदुपयोग गर्न नसकेका कारण जनताले वामगठबन्धनलाई जिताएको बताउनुभयो ।
उहाँले वामगठबन्धनले जनताको शिर झुकाउने काम नगर्ने भन्दै सबैसँग सहकार्य गर्दै देश निर्माणको अभियानमा जुट्ने बताउनुभयो । वामगठबन्धनको जितलाई क्षिमेकि मुलकले समेत स्वागत गरेको बताउनुभयो ।
विजयी सभालाई सम्वोधन गर्दै नवनिर्वाचित प्रदेस सदस्य गोविन्द कुँवरले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । प्रदेश सदस्य कुँवरले प्रदेशको सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताउनुभयो ।
विजयी सभालाई नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य दिपक साँउद, नेकपा एमालेका अध्यक्ष शेरबहादुर कुँवर, नेकपा एमाले ७ नं.प्रदेश संगठन सदस्य तथा साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, नेकपा एमाले सचिवालय सदस्य शिलोज कुँवर, रामबहादुर वुढा, पशुपति कुँवर, नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवर लगायतकाले सम्वोधन गर्नुभएको थियो । नेकपा एमाले सचिवालाय सदस्य तथा प्रतिनिधी सभा क्षेत्र नं.१ का संयोजक प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नेकपा माओवादीका केन्द्रिय आयोजक समितिीका सदस्य सुरत भूलले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले साँफेवगर संगठन कमिटीका सचिव हिक्मत कुँवरले राख्नुभएको थियो ।