२०९० शालमा राजनीति बाट सन्यास लिन्छु : गगन थापा
कपन अनलाइन
काठमाडौ,मंगसिर १७।
नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा उम्मेदवार गगन थापाले कपनको ह्यान्डबल चौरमा आयोजित चुनावी सभामा वर्षायाममा यस क्षेत्रका जनताले पाएको कस्ट प्रति दुख व्यक्त गरेका छन।
निर्वाचन दौरानमा आफ्ना प्रतिस्पर्धीहरुले सडक र यसको अवस्थाको वारेमा उठाएको प्रश्नलाई नाजायज नभएको भन्दै उनले अलि महत्वकांक्षी भएर एकै पटक विकास गर्न खोज्दा यस्तो भएको बताए।उनले यस क्षेत्रका सडक निर्माणमा ढिलाई हुनुमा प्रक्रिया ,संरचना र कानुनको गल्ति भएको भन्दै उनले विकासका लागि सबै मिलेर काम गर्नु पर्ने बताए।
थापाले आफ्नो सम्बोधनको क्रममा अवको नेपालको राजनीतिक यात्रा सजिलो नभएको भन्दै अहिले देशले जित्ने कि हार्ने दोषाधमा रहेको बताएका थिए ।उनले यदि जनताले यस निर्वाचनमा जिताए भने संसदमा समन्वयकारी भूमिका खेल्ने बताएका छन ।उनले अहिले देश विकास को लागि जग तयार भएको बताएका थिए ।
आगामी २०९० शालमा आफुले राजनीति बाट सन्यास लिने भन्दै उनले अवको १५ वर्षमा नेपाल विकास भैसक्नु पर्ने धारणा व्यक्त गरेका थिए ।अवको समय युवा हरुले मौका कहिले आउला भनेर नबसी आफ्नो अधिकार खोज्नु पर्ने बताएका छन ।