नेकपा माओवादी केन्द्रका अमर विक काठमाडौं ४ बाट समानुपतिक उम्मेदवार
कपन अनलाइन
काठमाडौ,मंगसिर १ ।
काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा र प्रदेस सभामा प्रत्यक्ष तर्फ नेकपा एमालेका तिनै जना उम्मेदवार रहेका छन भने नेकपा माओवादी केन्द्र बाट अमर विक समानुपातिक उम्मेदवार रहेका छन। निकै लामो समय देखि माओवादी आन्दोलनमा क्रियाशील विक अहिले प्रत्यक्ष तर्फका उम्मेदवार संगै मत माग्दै हिडेका छन ।
माओवादी केन्द्र प्रदेशसभा ३ का समानुपातिक उम्मेदवार अमरबहादुर बिश्वकर्मा (सरोज) को जन्म २०३० असर १७ गते निम्न बर्गीय र दलित समुदायमा जन्मेका थिए हाल उनि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बस्छन । दलित समुदायमा जन्मिएका उनले बिगत २४ वर्ष देखि नेपाली समाजको रुपान्तरण र मानब जातिको न्याय र समानताको निम्ति अनवरत संघर्षमा सहभागी हुदै पूर्व जनमुक्ति सेना नेपालको ब्रिगेड सह कमाण्डरको जिम्मेवारी बहन गरेका थिए भने उनले माओवादी केन्द्रको महाधिबेसन आयोजक समिति सदस्य हुदै नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय कार्यालय सदस्य तथा हाल ३ नं प्रदेश समिति संयोजक रहेका छन ।
उनि काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका नगर पार्टी कमिटि सह इन्चार्ज भइ नेपालमा भएको परिवर्तन र त्यसमा पनि खास गरि १० बर्षे जनयुद्द र १९ दिने जनान्दोलनमा खेलेको भूमिका र क्रान्तिकारी आन्दोलन बाट प्राप्त उपलब्धिहरु सामन्ती राजतन्त्रको अन्त्य ,लोकतान्त्रिक गणतन्त्र, संघियता ,धर्मनिरपेक्षता ,समानुपातिक समाबेशिताको सिद्धान्त र राज्यको पुनर्संरचना सहित नेपालको राजनीतिक इतिहासमा भएको महत्वपूर्ण परिबर्तनमा योगदान पुर्याएका छन ।
अहिले उनलाई पार्टीले ३ नं प्रदेश सभाको समानुपातिक उम्मेदवारको रुपमा उठाएको छ । उनि प्रदेश सभाको सभासद्को रुपमा सहभागी हुने अवसर मिलेमा उनले समग्र ३ नं प्रदेशको बिकास संगै सभासद भएपछी यस निर्वाचन क्षेत्रमा गर्नुपर्ने भौतिक पूर्वाधारको निर्माण र समग्र बिकासको निम्ति आफुले खेल्ने भूमिका र गर्नुपर्ने कामलाई पूर्ण रुपमा गर्ने प्रतिबद्दता गरेका छन । नेपाली जनताले २००७ साल देखि उठाउदै आएका आफ्ना हक अधिकारहरु , मानबधिकार,सामाजिक न्याय र मौलिक अधिकारहरु लागयतका एजेन्डाहरु सम्बोधन भएको संबिधान को कार्यन्वयन गर्न पनि पूर्ण प्रतिबद्ता जनाएका छन ।