बुढानिलकण्ठ यातायातको १० वटा सुविधा सम्पन्न बस संचालनमा आए

बुढानिलकण्ठ यातायातको १० वटा सुविधा सम्पन्न बस संचालनमा आए

कपन अनलाइन 

काठमाडौ,कार्तिक ३०।

बुढानिलकण्ठ यातायात प्रा.लि ले १० वटा सुविधा सम्पन्न बस संचालनमा ल्याएको छ। जमल सहिदगेट सार्बजनिक माइक्रोबस ब्यबसायी समिती अन्तर्गत संचालनमा रहने बुढानिलकण्ठ यातायात प्रा.लि अहिले आफ्नो सेवा चक्रपथ परिक्रमा गरेर बुढानिलकण्ठ पुर्याउने जनाएको छ।वार्इफार्इ,सीसीटीभी,पब्लिक एनाउन्समेन्ट सिस्टम लगायतका सुविधा रहने उक्त बस अशोक लेल्याण्ड कम्पनीले नेपाल भित्राएको हो ।

बुढानिलकण्ठ नगरपालिका भित्र रहेर सेवा सुबिधा दिने यातायात ब्यबसायी समितीहरु मध्य जमल सहिदगेट सार्बजनिक माइक्रोबस ब्यबसायी समिती र बुढानिलकण्ठ मिनिबस ब्यबस्था सेवा समिती रहेका छन् ।

हाल संचालनमा आएको बुढानिलकण्ठ यातायात प्रा.लि जमल सहिदगेट सार्बजनिक माइक्रोबस ब्यबसायी समिती अन्तर्गत संचालन हुने छ । आर्थिक रुपमा यस भेगकै सम्पन्न संस्था मध्यका यी समितिहरु संग भने यातायात पार्किंग लगायतको लागी स्थान छैन । सवारीसाधन मात्र थुपारेर जाम बढाउने भन्दा पार्किंगको उचित ब्यबस्थापन गरेर यात्रुलाई सेवा सुबिधा दिन सके अझै राम्रो हुने कुरा स्थानीयवासी बताउछन्।|

तपाइँको प्रतिक्रिया ।