‘पद्मावती’का लागि भंसालीले गराए १६० करोडको बीमा
कपन अनलाइन
काठमाडौं , २० कार्तिक । बलिउड एक्टर रणवीर सिंह, शाहिद कपूर र एक्ट्रेस दीपिका पादुकोणको फिल्म ‘पद्मावती’ १ डिसेम्बरबाट प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज जति-जति नजिक आउँदैछ त्यति-त्यति फिल्मलाई लिएर विरोध पनि उतिक्कै भैरहेको छ । लगातार भैरहेको विरोधका कारण फिल्म निर्माता तथा निर्देशक सञ्जय लीला भंसालीले एक ठूलो कदम उठाउँदै फिल्मको बीमा गराएका छन् ।
सञ्जय लीला भंसालीले ‘पद्मावती’को १६० करोडको बीमा गराएका छन् । उनले यो बीमा लगातार फिल्मलाई लिएर भैरहेको विरोधलाई देख्दै गराएका हुन् । बीमा पोलिसीका अनुसार, फिल्म रिलिज भएपछि यदी टिकट बेच्ने क्रममा कुनैपनि प्रकारको विरोध, झगडा, हडताल र तोडफोड भयो भने यसको नोक्सानको भरपाई बीमा कम्पनीले गर्नेछ ।
फिल्मका सीनियर एक्जिक्यूटिभका अनुसार, जसरी फिल्मको विरोध भैरहेको छ, त्यसलाई देखेर दर्शकहरु सायदै सिनेमा घरमा फिल्म हेर्नका लागि जोखिम उठाउनेछन् र यसको असर सिधा फिल्मको विजनेसमा पर्नेछ । जयपुरमा लगातार विरोध र फिल्म हलका मालिकलाई धम्की दिइरहेका छन् । यसका अलावा फिल्मलाई लिएर चितौडगढमा पनि विरोध सुरु भएको छ । विरोधिहरुका अनुसार, फिल्ममा महारानी पद्मावतीको गलत छवी देखाइएको छ ।
तपाइँको प्रतिक्रिया ।