काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्रका तिन नेताको राजनीतिक भविस्य आज निर्धारण हुदै
कपन अनलाइन
काठमाडौ,कार्तिक १५
यहि मंग्सिर २१ गते हुने प्रदेस सभा काठमाडौं क्षेत्र नं ४ प्रदेस सभा २ को टिकट कसले प्राप्त गर्ने भन्ने निक्यौल आज हुनेछ । नेकपा एमाले र नेपाली कांग्रेस बाट धेरै नेताहरुले दावी गरेको भएता पनि आज कुनै एक नेताको राजनीतिक भविस्य निर्धारण हुनेछ ।
कसले टिकट प्राप्त गर्ने राजनीतिक वृतको माथिल्लो तहमा निर्णय भै सक्दा पनि तल्लो तहमा त्यस कुराको ठोस निर्णय आइ सकेको छैन । अहिले यस क्षेत्रको चिया पसल ,भट्टी ,चौतारो र सडकमा व्यापक यसै विषयको वारेमा चर्चा परिचर्चा भैरहेको छ ।
आज नेपाली कांग्रेसका नेताहरुमा काठमाडौं क्षेत्र नं ४ प्रदेस १ मा कर्मा छिरिंग शेर्पा वा श्रीराम लामिछाने मध्ये एकले टिकट प्राप्त गर्ने छन भने प्रदेस २ तर्फ साधुराम खड्का ,आत्माराम पौडेल वा राजाराम बुढाथोकी मध्ये एकले टिकट प्राप्त गर्नेछन ।
त्यस्तै एमालेको प्रदेस १ मा निर्मल कुइकेल सर्वसम्मत भैसकेका छन भने प्रदेस २ मा विदुर विक्रम खडका ,मिठाराम अधिकारी वा कुसुम कुमार कार्की मध्ये १ ले टिकट प्राप्त गर्ने छन ।
अहिले दौडमा रहेका यिनै नेताहरु मध्ये बाट नेपालको राजनीतिक इतिहासमा पहिलो पटक हुने प्रदेस सभाको निर्वाचनमा भाग लिनेछन । यस पटक को निर्वाचन निकै महत्वपूर्ण रहेको छ किनभने यस निर्वाचन पश्चात नेपालको शासन प्रणाली परिवर्तन हुनेछ ।
अहिले प्रदेस क्षेत्रमा निर्वाचित बन्ने उम्मेदवारले प्रदेस सरकार र अन्य निकायमा प्रतिनिधित्व गर्ने अवसर मिल्नेछ ।
नेपाली कांग्रेस र नेकपा एमालेका माथि उल्लेख भएका नामहरु मध्ये निर्मल कुइकेल बाहेक कुनै ३ नेताको राजनीतिक भविस्य आज निर्धारण हुनेछ ।