काठमाडौ क्षेत्र नं ३ मा कांग्रेसका तर्फ बाट अम्बिका बस्नेत
कपन अनलाइन
काठमाडौ,कार्तिक १४।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ महिला नेतृको उम्मेदवारी टुंगो लगाएको छ । राजधानीबाट प्रभावशाली नेतृका रुपमा रहेकी सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतलाई नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा टिकट दिइएको छ ।
मन्त्री बस्नेत उपत्यकाबाट प्रत्यक्षमा निर्वाचन लड्ने कांग्रेसको तर्फबाट एक मात्र महिला उम्मेदवार भएकी छन् ।शिक्षा क्षेत्र बाट राजनीतिमा प्रवेस गरेकी बस्नेत यस अगाडी समानुपातिक सांसद रहेकी थिइन् ।
काठमाडौं महानगरपालिका वडा नं ६ मा बस्ने बस्नेतले नेपाली कांग्रेसको जन संगठन नेपाल महिला संघ को विभिन्न तहमा जिम्मेवारी बहन गर्दै आएकी छन भने अहिले उनि नेपाली कांग्रेसको केन्द्रिय सदस्य रहेकी छन ।अहिले सम्म सिफारिसमा परेका उम्मेदावर हरुमा बस्नेत काठमाडौमा प्रतिनिधि सभा क्षेत्रमा टिकटप्राप्त गर्ने एक्ली महिला उम्मेदवार बनेकी छन ।