नेकपा एमालेले मात्र लोकतन्त्रको रक्षा गर्छ : ईश्वर पोखरेल, महासचिव नेकपा एमाले
कपन अनलाइन
काठमाडौ,कार्तिक १३
नेकपा एमालेका महासचिव कमरेडले आफुनो निर्बाचन क्षेत्रको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काङ्ग्रेसलाई विभिन्न आरोप लगाएका छन ।उनले काङ्ग्रेसबाट लोकतन्त्रको भबिस्य नभएको र नेकपा एमाले नै लोकतन्त्रको हिमायती भएको बताएका छन ।शिमा पार्टी प्यालेस बसुन्धरामा भएको काठमाडौं क्षेत्र नं ५ को चुनावी कार्यक्रममा उनले यो कुरा बताएका हुन।
उनले भने काङ्ग्रेसले २०१५ साल , २०४८ साल बहुमत ल्यायो तर सरकार चलाउन सकेन ।फेरि २०५६ सालमा पनि काङ्ग्रेसले बहुमत ल्यायो र शेर बहादुर देउवा प्रधानमन्त्री भए उनले लोकतन्त्रलाई झन कमजोर बनाएर राजालाइ बुझाइदिए ।
उनले आफ्नो सम्बोधनमा काङ्ग्रेसले बिराटनगरको जुट मिल, जनकपुरको चुरोट कारखाना ,बिरगंजको चिनी मिल ,कृषि औजार , हेटौंडाको कपडा उद्योग ,नबलपरासीको कागज उद्योग लगायतका कयौं उद्योगहरुलाइ टाेकरि को दाममा भेचेको आरोप पनि लगाए ।
काठमाडौं क्षेत्र नं ५ मा एमाले महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश शरण महत चुनावी मैदानमा भिड्दै छन ।