नेपाली कांग्रेस बुनपा-१२ को चियापान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,कार्तिक ११।
नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ समितिले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठ ,महासमिति सदस्यहरु आत्माराम पौडेल ,साधुराम खड्का ,बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको तर्फ बाट प्रतिनिधि राजाराम बुढाथोकी ,क्षेत्रीय समिति सचिव विनोद चालिसे,नेपाल तरुण दल बुनपाका अध्यक्ष राजु थापा लगायत विभिन्न समितिका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि थापाले वडा नं १२ का विभिन्न ब्लक र उप समितिहरुका प्रमुख तथा सदस्यहरुलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति राजु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा भएको हार बाट पाठ सिकेर आगामी निर्वाचनमा गहिरो ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
प्रमुख अतिथि थापाले देशका २४० निर्वाचन क्षेत्र मध्ये बजेट र विकास निर्माणमा काठमाडौ क्षेत्र नं ४ अगाडी रहेको र त्यसको सामाजिक परिक्षणका लागि आफु तयार रहेको बताएका थिए ।उनले अगिल्लो अवधिमा संसद र स्थानीय रुपमा गरेका कामहरुको वारेमा बताउदै कार्यकर्ताहरुलाई आफुले गरेका कामको वारेमा जनतालाई बुझाउन निर्देशन दिएका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बुनपा १२ का सभापति होमनाथ तिमल्सिनाले गरेका थिए भने संचालन बद्री भट्टराईले गरेका थिए ।