खानेपानी लिन ३ किलोमिटर हिड्नु पर्ने बाध्यतामा अछाम जयगढ वासी

खानेपानी लिन ३ किलोमिटर हिड्नु पर्ने बाध्यतामा अछाम जयगढ वासी

कपन अनलाइन 

अछाम ,असोज २४ ।

अछाम जिल्लाको जयगढ बजारमा खानेपानी लिन तीन किलो मिटर टाढा जानु पर्ने बाध्यता भएको छ । बजार क्षेत्रमा पानीको आपुर्ती हुन नसक्दा होटल व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् । होटल संचालनका लागी आवश्यक पानीको आपुर्ती हुन नसक्दा जयगढ रोड बजार क्षेत्रका होटल संचालक बढी मारमा परेका हुन् ।

जयगढ बजारका लागी बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैनमा रहेको पानी मुहानदेखि पाईपलाईनबाट पानी ल्याईएको छ । तर उक्त पानी बजारवासिका लागि पर्याप्त नहुंदा समस्या दिनानुदिन बढ्दै गएको छ । बजारबासि र होटेल सञ्चालकहरु धारामा पर्याप्त पानी नआँउदा सवारी साधनमा टाढाबाट पानी बोकेर ल्याउन बाध्य छन ।

उनीहरुले बस तथा जीप र निजि सवारी साधनमा गाउँपालिकाको वडा नम्बर २ जनालीकोटमा रहेको मार्स्र्या धाराबाट पानी ल्याउने गरेका होटेल ब्यावसायी झपट ठकुल्लाले बताउनुभयो ।

पिउने पानीका लागि पनि उक्त ३ किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेको उहाँले दुःखेसो गर्नुभयो । रोड बजार क्षेत्रमा नागरीक तथा यात्रुहरुको विशेष चहल पहल हुने र होटलमा राम्रो व्यवसाय हुने गरेका कारण पनि जयगढ बजारको अन्य क्षेत्रको तुलनामा रोड बजार क्षेत्रमा खानेपानी बढि खपत हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।