निर्वाचन घोषणा संगै जुर्मुराए एमाले काठमाडौ क्षेत्र नं ४ का महिला नेतृहरु
कपन अनलाइन
काठमाडौ,असोज १०।
संघीय र प्रदेस सभा को निर्वाचनको मिति नजिकै जादा अहिले विभिन्न पार्टीहरुमा उम्मेदवारी दावी र घोषणा गर्ने क्रमले तीव्रता पाएको छ । नेपालका राजनीतिक पार्टीहरुले अहिले उम्मेदवारीको मापदण्ड र विधि प्रक्रिया तय गरेर उम्मेदवारहरुको वारेमा निर्णय गर्न र माथिल्लो कमिटीमा सिफारिस गर्नका लागि परिपत्र समेत जारि गरिसकेका छन ।
अहिले उम्मेदवारी दावी गर्ने र आफ्नो स्थान खोज्ने क्रम सुरु भैसकेको यो अवस्थामा यहाँ काठमाडौं क्षेत्र नं ४ को एमालेका केहि महिला नेतृहरुको वारेमा चर्चा गरिएको छ जो आउदो संघीय र प्रदेश सभामा आफ्नो दावी आन्तरिक रुपमा प्रस्तुत गरिरहेका छन तर यहाका पुरुष नेतृत्वको दावी अगाडी उनीहरुको प्रभाव मसिनो र मलिन देखिएको छ तथापी त्यो कमजोर भने छैन ।
राजनीति समग्र समाज र समुदायको परिवर्तनको लागि हुने गर्दछ । यो कुनै समुह ,वर्ग ,लिंग र पृष्टभूमिको दायरामा सिमित बन्दैन ।त्यसैले यो सामग्री यहाँ हामीले प्रस्तुत गरेका छौ ।
यस सामग्रीमा नेकपा एमालेका केहि महिला नेतृहरुको वारेमा चर्चा गरिएको छ जसले अहिले आन्तरिक रुपमा आउदो निर्वाचनमा आफ्नो दावी प्रस्तुत गरिरहेका छन ।
नेकपा एमाले काठमाडौ क्षेत्र नं ४ को तर्फ बाट संघीय वा प्रदेस क्षेत्रमा आफ्नो दावी प्रस्तुत गर्ने महिला नेतृहरु :
- रन्जना मास्के
यो टिकटको दावीमा अहिले अगाडी आएको नाम हो रन्जना मास्के । नेकपा एमालेको प्रारम्भिक कमिटि देखि सक्रिय मास्के युवा संघ नेपालकी पुर्व केन्द्रिय सदस्य समेत हुन् । उनि हाल लोकतान्त्रिक नेवा संघकी केन्द्रिय अध्यक्ष रहेकी छन भने वडा नं ३० का विभिन्न गतिविधिमा सक्रियता पुर्वक आफ्नो भूमिका प्रस्तुत गरेकी छन ।
- अन्जु शर्मा
यस क्षेत्रमा लामो समय देखि निरन्तर रुपमा सक्रिय नेतृ हुन् अन्जु घिमिरे । नेकपा एमालेको शाखा कमिटि हुदै हाल उनि जिल्ला कमिटि सदस्यको रुपमा सक्रिय रहेकी छन । उनले एमालेको महाधिवेसन प्रतिनिधि को भूमिका पनि निर्वाह गरेकी छन ।काठमाडौं महानगरपालिका वडा नं ७ मा बसोवास गर्ने शर्मा अनेम संघमा पनि संलग्न छन ।
- शुसिला सिलवाल
तत्कालिन कपन गाविस हाल बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्ने सिलवालले निरन्तर सक्रिय रुपमा पार्टीमा क्रियाशील नेतृको परिचय बनाएकी छन । २०५४ शालको स्थानीय निकायको निर्वाचनमा जन प्रतिनिधि समेत रहेकी उनि हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य रहेकी छन ।
- देवी रेग्मी
युवा संघ नेपालको ३ नं प्रदेशको सचिवालय सदस्य रहेकी रेग्मी नेकपा एमालेको क्षेत्रीय सदस्य रहेर काम गरि सकेकी छन । पार्टी भित्र निरन्तर क्रियाशील ,निर्भिक र जुझारु नेताको परिचय बनाएकी उनि स्थानिय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उप प्रमुख को दावेदार रहेकी थिइन् तर अन्तिम समयमा उनको स्थानमा नेतृले टिकट प्राप्त गरेकी थिइन् ।उनले तत्कालिन वडा नागरिक मन्चमा काम गरेको अनुभव समेत संगालेकी छन ।
- निर्मला खड्का
यस क्षेत्रमा लामो समय देखि क्रियाशील खड्का नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को सदस्य रहिसकेकी खड्काले पनि स्थानीय तहको निर्वाचनमा उपप्रमुखको दावी बाट अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएकी थिइन् । तत्कालिन चपली भद्रकाली गाविसमा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील उनि त्यस क्षेत्रकी अगुवा सामाजिक कार्यकर्ता हुन् ।
- प्रमिला सापकोटा
काठमाडौं क्षेत्र नं ४ का ८ वटा शाखाहरुमा एक मात्र शाखा अध्यक्ष रहेकी सापकोटा यस क्षेत्रमा निरन्तर क्रियाशील महिला नेतृ हुन् । नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को सदस्यको रुपमा काम गरिसकेकी उनि तत्कालिन महांकाल गाविसमा दलीय प्रतिनिधिको रुपमा पनि कार्य गरेकी थिइन् । यस क्षेत्रमा विभिन्न सामाजिक र अन्य क्षेत्रमा सक्रिय रहेकी सापकोटा सहकारी कर्मी समेत हुन् ।
- विन्दा गौतम
भूमिगत कालिन अवस्थामा तत्कालिन मालेमा रहेर माथिल्लो तहका नेताहरुलाई सुरक्षित आश्रय स्थलको व्यवस्था बाट आफ्नो राजनीति सुरु गरेकी गौतमले नेकपा एमाले क्षेत्रीय सदस्यको रुपमा काम गरि सकेकी छन । अखिल नेपाल महिला संघको विभिन्न तहमा काम गरिसकेकी गौतम कपन क्षेत्रमा विभिन्न सामाजिक र अन्य संस्थामा समेत क्रियाशील छन ।
नेकपा एमाले काठमाडौ क्षेत्र नं ४ का विभिन्न भेला ,बैठक ,औपचारिक र अनौपचारिक छलफलहरुमा माथिका नेतृहरुले प्रत्यक्ष वा समानुपातिक तर्फ आफ्नो स्थानको माग गरेको एमाले काठमाडौ क्षेत्र नं ४ का एक नेताले बताए ।