काठमाडौ क्षेत्र नं ४ प्रादेशिक क्षेत्रमा एमालेका सुन्दर पुर्कुटीको दावी

काठमाडौ क्षेत्र नं ४ प्रादेशिक क्षेत्रमा एमालेका सुन्दर पुर्कुटीको दावी

कपन अनलाइन 

काठमाडौ,असोज ६।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को संघीय क्षेत्रमा उम्मेदवारीको कुनै दौड र दावेदारी नरहेको भए पनि यहाका २ वटा प्रादेशिक क्षेत्रमा आ आफ्नो स्थान सुरक्षित गर्न का लागि अहिले स्थानीय नेताहरुले आन्तरिक भेला ,बैठक र भेटघाटलाई तीव्रता दिएका छन ।अहिले महानगर भन्दा पनि बुढानिलकण्ठ नगरपालिका तिरको प्रादेशिक क्षेत्रका नेताहरुमा बढी सक्रियता देखिएको छ।

यस क्षेत्रमा कुनै नेताले सार्वजनिक रुपमा दावी प्रस्तुत गरेका छन भने कुनै नेता आन्तरिक रुपमा भित्रि भेटघाटमा सक्रिय रहेको एमाले बुढानिलकण्ठका एक नेताले बताए । यसरी आन्तरिक र गोप्य भेटघाटमा सक्रिय नेताको लाममा अगाडी नेकपा एमाले प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटी अगाडी देखिएका छन ।

हाल नेकपा एमालेको प्रदेस नं ३ को सदस्य रहेका पुर्कुटी यस क्षेत्रमा सालिन र समन्वयकारी क्षेमता भएका नेताको रुपमा चिनिन्छन । बाहिरी चर्चामा आउन त्यति नरुचाउने उनले आन्तरिक पार्टी संगठनमा निरन्तर खट्ने नेताको रुपमा आफ्नो परिचय बनाएका छन ।

नेकपा एमालेको प्रारम्भिक तहको गाउ कमिटि सदस्य ,इलाका कमिटि सदस्य ,इलाका कमिटि सल्लाहकार ,जिल्ला कमिटि सदस्य हुदै रास्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेका पुर्कुटी नेपालको दलित मुक्ति आन्दोलनको चर्चित नाम हो ।दलित आन्दोलनको साथमा उनि स्थानीय सामाजिक र राजनीतक कार्यमा पनि सक्रियता पुर्वक खटिरहेको र यहाँ हुने स्थानीय गतिविधिमा उनि निरन्तर लागिरहेको एक स्थानीय एमाले नेताले बताए ।

२०५४ शालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन महांकाल गाविसको वडा नं १ को निर्वाचित अध्यक्ष रहेका पुर्कुटी अहिले उनि  मुक्ति समाज नेपालका  केन्द्रिय सचिव रहेका छन ।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका निर्वाचन परिचालन कमिटिको संयोजक रहेका पुर्कुटीले एमालेलाई जिताउन त्यस दौरान खेलेको भूमिकाको अहिले पनि पार्टी भित्र प्रसंशा हुने गरेको एक एमाले नेताले बताए ।यसका साथै उनले नेपाल सरकार संघीय मामिला मन्त्रालय अन्तर्गतको उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशकको रुपमा समेत कार्य गरेका थिए  ।

प्रादेशिक क्षेत्रमा आफ्नो दावी प्रस्तुत गरेका पुर्कुटी अहिले विभिन्न वडा र व्यक्तिहरु संग परामर्श र भेटघाटमा रहेको उनि निकट श्रोतले बतायो।अहिले टिकटका दावेदार मध्ये सांगठानिक रुपमा पुर्कुटी बरिस्ट रहेका छन उनि संगै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल र हेमनाथ पौडेल प्रदेस कमिटीमा रहेका छन ।

अन्य दावेदार जिल्ला र क्षेत्रीय तहका रहेका छन भने प्रदेशका खरेलले  दावी गर्ने सम्भावना छैन भने सरकारी क्याम्पसमा अध्यापनरत पौडेलको स्थानीय भूगोलमा उम्मेदवारी दावी गर्न सक्ने नैतिक वल र राजनीतिक भूमिका नरहेको एक एमाले नेताले बताए ।

काठमाडौं क्षेत्र नं ४ को प्रदेस नं २ का दावेदार मध्ये टिकट पाउने बलियो सम्भावना बोकेका पुर्कुटीले यो दौडमा रहेका कुसुम कुमार कार्की , विदुर विक्रम खड्का ,मिठाराम अधिकारी ,जयराम थापा र धुर्वराज न्यौपाने संगको चुनौती पूर्ण प्रतिस्पर्धा जित्नु पर्नेछ जुन फलामको चिउरा चपाउनु जतिकै जटिल र कठिन हुनेछ ।

 

 

तपाइँको प्रतिक्रिया ।