काठमाडौँ जोरपाटीमा डलर साटिदिन्छु भनी ठगी
कपन अनलाइन
काठमाडौ,भाद्र ३१ ।
अपरिचित व्यक्तिहरुले डलर साटिदिन्छु भनी दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौं बालाजु बस्ने २२ बर्षीय प्रकाश खत्रीको नगद १ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोमा बिहीबार २ जना अपरिचित व्यक्तिले खत्रीलाई डलर साटिदिन्छु भनि कागज दिई उक्त नगद लिएर भागेको बताइएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डेरा गरी बस्ने उदयपुर घर भएकी दिलमाया तामाङको कोठाबाट बिहीबार नगद ३० हजार तथा सुनका गहना ५ तोला समेत गरी करीब ३ लाख ५ हजार रुपैयाँ बरावरको धनमाल चोरी भएको छ ।
फरार अपराधीहरुको स्थानीय प्रहरीले खोजी गर्नुकोसाथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले काठमाडौँखबरलाई बतायो ।समाचार साभार : काठमाडौं खबर डट कम
तपाइँको प्रतिक्रिया ।