ओम अस्पतालका सम्पूर्ण सेवा सुचारु
कपन अनलाइन
काठमाडौ,भाद्र ३०।
नाकको शल्यक्रिया गराउन ओम अस्पताल पुगेकी ४० वर्षीया कमला भट्टराईको मृत्युलाई लिएर भएको विवादका कारण बुधवारदेखि बन्द ओम अस्पतालको आपीडी सेवा शुक्रबारदेखि खुलेको छ ।
ओम अस्पतालले शुक्रवार विज्ञप्ति जारी गरी पीडित पक्ष र अस्पताल प्रशासनबीच भएको सहमति अनुसार बन्द ओपीडी सेवा खुलाइएको जनाएको छ ।
ओम अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘भट्टराईको निधनका विषयमा सतयतथ्य छानविन गर्न पीडित पक्ष र अस्पताल पक्षबाटस्वास्थ्य मन्त्रालयको उच्चस्तरीय छानविन समितिलाई सहयोग गर्ने सहमति भएकोले शुक्रवार देखि अस्पतालको ओपीडीसहित सम्पूर्ण सेवा यथावत रुपमा सञ्चालन भइरहेको अवगत गराउछौ ।’
तपाइँको प्रतिक्रिया ।