कञ्चनपुरमा तनाव भीमदत्त नगरपालिका ७ निशेधित क्षेत्र घोषणा

कञ्चनपुरमा  तनाव भीमदत्त नगरपालिका ७ निशेधित क्षेत्र घोषणा

कपन अनलाइन

कञ्चनपुर,भाद्र ३० ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा तनाव भएको छ । स्थानीय महाकाली माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्याको विषयलाई लिएर स्थानिय र प्रहरीबीच झडप भएको छ ।

महाकाली जनसेवा मावि कक्षा ८ मा अध्ययनरत १३ बर्षिय बालक तिलक चन्द गए राती मृतक अवस्थामा फेला परेका थिए ।

सोही विषयलाई लिएर मृतकका आफन्त र स्थानियले आरोपित आशिष अधिकारीको गोठ जलाई दिएपछि प्रहरीले आक्रोसित स्थानियलाई नियन्त्रणमा लिन १९ राउण्ड हवाई फायर र ८ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

सो क्षेत्रमा स्थिति तनावपूर्ण हुदै गएपछि दिउसो १२ वजे देखि राति ८ बजेसम्म उक्त क्षेत्रलाई निशेधित क्षेत्र घोषणा  गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।