गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

कपन अनलाइन 

नुवाकोट, भाद्र ३०  ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।

दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिए  ।

मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही नदेखिएकाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतकको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल, त्रिशूली ल्याइएको छ ।

तपाइँको प्रतिक्रिया ।