टोखा छहरे सडक खण्डमा भएको दुर्घटनाका मृतक र घाइतेको विवरण आयो

टोखा छहरे सडक खण्डमा भएको दुर्घटनाका मृतक र घाइतेको विवरण आयो

कपन अनलाइन 

काठमाडौ,भाद्र २५।

काठमाडौंको नयाँ बसपार्कबाट नुवाकोटको खरानीटार हिडेको यात्रु बाहक बस केहि बेर अगाडी टोखा छहरे सडक खण्डमा  दुर्घटना हुंदा लगभग आधा दर्जन बढी यात्रुको मृत्यु भएको  छ ।

बा. २ ख ६३४८ नम्बरको यात्रुबाहक बस बिहान ९.३० बजे नयाँ बसपार्कबाट ४० यात्रु सहित नुवाकोट हिडेको थियो । टोखा छहरे सडक खण्ड अन्तर्गत थानाभञ्ज्याङ निर घुम्तीको एउटा घरलाई ठक्कर दिएर बस सडक देखि निकै तल भिरमा खसेको  स्थानीयवासीले बताइएका  छन् ।

त्यस दुर्घटनामा मृत्यु भएका हरुको सनाखत भएको छ । उक्त दुर्घटनामा मृत्यु हुनेहरुको विवरण यस प्रकार   छ ।

उपचारको क्रममा ग्रेन्डी अस्पतालमा मृत्यु भएकी:- १,जि.नुवाकोट रालुका-२ बस्ने वर्ष २२ की सबिता तामाङ मृतक

ग्रान्डी अस्पतालमा भएका निम्न घाइते नामवली:- १,जिल्ला नुवाकोट पन्चकन्या-१ वर्ष ४३ कि देबकी रिजाल टाउको र छातीमा चोट मध्यम २,ऐ.ऐ. बस्ने वर्ष २० को पार्बती थापामगर अनुहारमा चोट बोल्न सक्ने

३,जि.काठमाण्डौ नेपालटार तारकेश्वर न.पा.७ बस्ने ३८ को नबिन श्रेष्ठ टाउको र अनुहारमा चोट बोल्न सक्ने

४, ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष ३६ कि राज्यलक्ष्मी श्रेष्ठ दाइने हात खुट्टा र जिउमा चोट

५,जि.नुवाकोट सूर्यगढी गा.पा.४ बस्ने वर्ष ३६ कि सरस्वती गिरी छातीमा चोट बोल्न सक्ने

६,ऐ.ऐ. बस्ने निजको छोरा १५ को रुपक गिरी ढाड र अनुहारमा चोट सामान्य

७,जि.नुवाकोट सुन्दरादेवी-४ बस्ने मेनुका मैनाली अनुहार छाती र दुबै हातमा चोट बोल्न सक्ने

८,जि.नुवाकोट नर्जामण्डप -६ बस्ने वर्ष ३६ की नन्द कुमारी अधिकारी टाउको दाइने खुट्टामा चोट

ग्रिन सिटीमा भएका मृतकहरु :- १.नाम थर वतन नखुलेकी बर्ष ३७ की उजेली मिजार

२.नाम थर वतन नखुलेको अं. बर्ष ४५ को लाल ब. तामाङ घटनास्थलमा मृत्यु भई

जिल्ला अस्पताल त्रिशुलीमा रहेका मृत्तकहरु :- १.जि.नुवाकोट तादी गा.पा.-५ बस्ने बर्ष ५० की लक्ष्मी न्यौपाने

२. ऐ. मा बस्ने बर्ष ५० की ठुली माया तामाङ ३. जि.नु.बि.न.पा-९ बस्ने अं. बर्ष २१ की शसी बोगटी

ग्रीन सिटि अस्पतालमा भएका घाइतेहरु:-

१ ऐ.तादी गा.पा। ५ बस्ने वर्ष ३३ कि गिता खनाल

२ ,ऐ.ऐ. सुर्यगढी गा.पा.६ बस्ने ५० कि कान्छी मिजार

३. नुवाकोट जिल्ला बस्ने एकिन गा.पा नखुलेको वर्ष १६ की दिक्षा घिमिरे

४ ,ऐ.ऐ. सामरी गा.पा. बस्ने वर्ष ४७ कि यमशोभा मानन्धर

५ ,ऐ.ऐ. हरेखोला गा.पा.५ बस्ने भोग बहादुर तामाङ

६ ,ऐ.ऐ शिवपुरी गा.पा.८ बस्ने वर्ष १८ को मनिस डंगोल

७ ,ऐ.ऐ.पन्चकन्या २ बस्ने वर्ष ४८ को गोबिन्द श्रेष्ठ

८ ,ऐ.ऐ. शिवपुरी बस्ने २२ को रमेश के.सि.

९ ,ऐ.ऐ. पन्चकन्या ४ गा.पा.बस्ने वर्ष ३३ को को शेर बहादुर तामाङ

१० ,ऐ.ऐ. तादी गा.पा. २ बस्ने वर्ष १५ को सानोबाबु तामाङ

११ ऐ.तादी बस्ने ११ महिनाको छोरा जातको बच्चा कुप्रेण तामाङ

१२ .ऐ. शिवपुरी गा.पा.वडानं. ४ मा बस्ने बर्ष १९ की सरस्वती थिंङ

१३. ऐ.पन्चकन्या गा.पा.९ बस्ने बर्ष २१ को बिना पण्डित

१४. का.जि कां.म.न.पा.सानोभ-याङ गा.पा. ७ बस्ने बर्ष ३१ को सितामाया तामाङ

१५. नुवाकोट जिल्ला बस्ने गा.पा नखुलेको वर्ष २७ की अन्जु तामाङ

१६. ऐ.पन्चकन्या गा.पा.९ बस्ने बर्ष २९ की सिता पण्डित

१७ नुवाकोट जिल्ला बस्ने एकिन गा.पा नखुलेको वर्ष ७ को करण तिवारी

१८. ऐ.सुर्यगढी गा.पा. ५ मा बस्ने बर्ष २४ की सर्मीला राई । १९. जि.बारा गढीमाई-२ घरभई चोभार बस्ने बर्ष ४५ को रामेश्वर मुखिया

२०. नुवाकोट जिल्ला एकिन गा.पा नखुलेको वर्ष १७ की कविता तामाङ

बिपी स्मृती अस्पताल काठमाण्डौ :- १. ऐ. शिवपुरी गा.पा.वडानं. ७ मा बस्ने बर्ष २७ को देबकी ठकुरी

चिरायु अस्पताल काठमाण्डौ :- १. नुवाकोट जिल्ला एकिन गा.पा –नखुलेको वर्ष ६१ की निर्मला पाठक

शिक्षण अस्पतालमा मृत्यु :- १.जिल्ला नुवाकोट सुर्यगढी गा.पा २ बस्ने वर्ष २३ को दिनेश श्रेष्ठ

श्रोत : जिल्ला प्रहरी कार्यालय बिदुर नुवाकोट

तपाइँको प्रतिक्रिया ।