बुढानिलकण्ठ नगरपालिका बाट राहत वितरणका लागी १३ सदस्यीय टोली तराईमा
कपन अनलाइन
काठमाडौ,भाद्र ११ ।
परिवर्तन खबरले संयोजन गरेको दोश्रो राहत वितरणको लागि १३ सदस्यीय टोली काठमाडौँबाट तराई गएको छ। राहत सामग्री किन्नको लागि सोरोप्टिमिष्ट काठमाडौं, रुओन नेपाल, प्रवासी नेपाली मञ्च अमेरिकाले आर्थिक सहयोग गरेको छ भने प्रभु बैंक लिमिटेड, मानव अधिकार एलाईन्स र रोटरी क्लब अफ पशुपतिले विशेष सहयोग गरेको छ ।
राहत वितरण टोलिमा सोरोप्टिमिष्ट काठमाडौंबाट निवर्तमान अध्यक्ष राधा नेपाल, सदस्य गितादेवी तिमल्सिना, रुओन नेपालबाट अध्यक्ष गोमादेवी बास्तोला, बाल अधिकारकर्मी आस्था घिमिरे र जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष ध्रुबराज न्यौपाने, महिला अधिकारकर्मी देवी रेग्मी र समाजसेवीहरु रामप्रसाद चौलागाई (साल्दाई), ध्रुब नेपाल, डेन्डी शेर्पा, सिता पाठक चौलागाई, देवराज लामा, राजेन्द्र अधिकारी सहभागी रहेका छन ।
चितवनको राप्ती नगरपालिकाको वार्ड-६ को चेपाङ्ग, मुसहर र दलित बस्तीका अति प्रभावित ९६ घरपरिवार, १२ गते पर्सा जिल्लाका ६० घर परिवार, १३ गते सर्लाहीको १०३ घर परिवार, १४ गते बिहान रौतहटको ३७० घर परिवारलाई राहत सामग्री वितरण गर्ने टोलीका सदस्य धुर्वराज न्यौपानेले बताए ।
राहत सामग्रीमा प्रति परिवारलाई सोना मन्सुली चामल २० केजी, दाल २ केजी, तेल १ लिटर, नुन १ पोका, नुहाउने साबुन २ ओटा, सरफ १ केजी , २ मिटर म्याट, १२ X १२ को त्रिपाल १ थान, ४ जना सुत्न मिल्ने ठूलो झुल १ थान, ६ जनाको परिवारलाई १ महिना सम्म पुग्ने पानी सुद्द पार्ने चक्की र २००० जनाले प्रयोग गर्न मिल्ने लुगा धोएर प्लास्टिकमा प्याक गरेर एउटा परिवारलाई प्रदान गरिने टोलीका अर्का सदस्य रामप्रसाद चौलागाईंले बताए ।