टोखा नगरपालिका वडा नं १० का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र ७ ।
टोखा नगरपालिका वडा नं १० मा रहेका सडक र बाटाहरुको अवस्था अध्ययन गरी आवस्यकता अनुसार विस्तार ,मर्मत र सुधार गर्दै वडालाई सामाजिक,सांस्कृतिक र भौतिक रुपमा सम्पन्न बनाउने मुख्य योजना रहेको अध्यक्ष मधु सूदन पाण्डेले बताए ।
वडा नं ८ का मुख्य तथा सहायक सडकहरुमा फम्बु कारखाना बाट तल महादेबटार दोबाटो सम्म कालोपत्र गर्ने ,आवश्यकता हेरि केही खण्डमा ढलान गर्ने तथा अन्य सहायक सडकहरु आवश्यकता हेरि मर्मत सुधार र स्तरुन्न्तती गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।
वडा नं १० को खानेपानीको समस्या समाधानका लागी सृजना टोलमा खाने पानीको पाइप बिच्छाउने ,गोगबु मुलसडक गोगबु चोक देखी क्लब चोक सम्म पानीको नया पाइप बिछ्याउने र टुकि बजार डुबान क्षेत्रको प्राबिधिक अध्ययन गरी ढल निकास गराउने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।
वडा नं १० को पायक पर्ने स्थानमा घुम्ती सौचालयको ब्यबस्था गर्ने तथा ठुला सबारी साधन बेलुका ७ बजे बाट बिहान ८ सम्म मात्र प्रवेश गराउने अन्य समयमा प्रवेश निषेध गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता अशक्तको लागी घरमा नै पुर्याउने योजना अन्य को लागि बैंक बाट नै वितरण गर्ने योजना वडा नं १० ले बनाएको छ ।
वडा नं १० का सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणको योजना बनाउने अध्यक्ष पाण्डेले बताए ।त्यस्तै वडाका आवस्यक स्थानमा प्रतीक्षालय निर्माण गर्ने र सौर्य बत्ती जडान हुदै गरेको तथा अन्य स्थानमा पनि जडान गर्ने वडा नं १० को योजना रहेको छ ।
महिला लक्षित कार्यक्रम तर्फ सीपमुलक र आयमुलक तालिम संचालन गराउने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।
वडाबासीहरुलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउन स्वस्थ्य चौकीको स्तरुन्नती गर्ने ,समय समयमा स्वस्थ्य शिबिर संचालन गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।
वडा नं १० का धार्मिक र सांस्कृतिक सम्पदाहरु ,मठ मन्दिरहरुको संरक्षण गर्ने विशेष योजना रहेको वडाले जनाएको छ ।
वडाको शैक्षिक सुधारका लागी सरोकारवाला पक्ष संग समन्वय गरी योजना निर्माण गर्ने तथा सेवाग्राहीलाई मुस्कान सहितको छिटोछरितो सेवा दिदै सुशासनको प्रत्याभूती दिलाउने अध्यक्ष पाण्डेको योजना रहेको छ ।
टोखा नगरपालिका वडा नं १० मा अध्यक्ष पाण्डेको साथमा जगतलाल शाही , रिदेशलाल सिंह ,लीलादेवी अधिकारी,सुर्यकुमारी नेपाली जनप्रतिनिधि रहेका छन ।