टोखा नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

टोखा नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र ७।

टोखा नगरपालिका वडा नं ८ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,विस्तार ,सुधार र निर्माण गरी वडाका सम्पूर्ण स्थानमा सहज आवागमनको व्यवस्था गरी वडालाई नगरपालिकाको नमुना वडा बनाउने मुख्य योजना रहेको वडा अध्यक्ष केशव बहादुर खत्रीले बताए ।

यस्ता सडकहरुमा ग्राण्डी टोल मिलन समाज सडक कालोपत्रे गर्ने ,मगर टोल कालोपत्रे गर्ने ,मनोहर पाटी नजिकको टोल सडक कालोपत्र गर्ने ,तल्ला घरे टोल बच्छु टोल ,शंकर टोल , व्यास टोल ,अन्नपूर्ण टोल ,घट्टे टोल ,मल्ल टोल ,समाबेशी टोल ,गणेश टोल, मेलमिलाप टोलको सडक  कालोपत्र गर्ने ,गैरीगाउँ पुल देखी मिलन टोल सम्म कालो पत्रे गर्ने ,पौडेल उकालो सिडि ढलान गर्ने ,जालपा टोल ढलान ,चक्रेटोल ढलान गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।

वडा नं ८ को खानेपानीको समस्या समाधानको लागी हाल झोरको पानीको लागी कुरा भैरहेको छ  भने डिप बोरिङको पानी फिल्टर प्लान्ट जडान गरेर बितरण गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।

वडा नं ८ का सार्वजनिक जग्गाहरुको संरक्षण गर्न अभिलेखीकरण गरी उचित स्थानमा पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए । जसमा ठाडो पाखा पार्क निर्माण गर्ने ,जालपा बिधालयमा ट्रस्ट ब्यबस्थापन गरी पुस्तकालयको लागी पनि ट्रस्ट निर्माण गर्ने र वडाको शैक्षिक गुणस्तर वृद्धिको लागी आवश्यक पहल गर्ने योजना वडा नं ८ ले बनाएको छ ।साथै स्वस्थ्य चौकीमा ट्रस निर्माण गर्ने साथै स्तरुन्नती गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।

वडाका जेष्ठ नागरिकलाई सम्मान गर्ने साथै जेष्ठ नागरिक र एकल महिला समाजिक सुरक्षा भत्ता अशक्तको लागी घरमै पुर्याउने योजना रहेको अध्यक्ष खत्रीले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ परिणाम मुखी तालिम संचालन गर्ने जसमा सीप बिकास र आयमुलक तालिमलाई प्राथमिकता दिने योजनामा वडा नं ८ रहेको छ ।

वडा नं ८ मा आउने सेवाग्राहीहरुलाई मुस्कान सहित छिटोछरितो सेवा दिने र विभिन्न स्थानमा सौर्य बत्ति र सिसिटिभी पनि जडान गर्ने साथै करको महत्त्व बिकास निर्माण मार्फत बुझाउने तथा कर सचेतना कार्यक्रम संचालन गर्ने अध्यक्ष खत्रीले बताए ।

वडा बाट रत्नपार्क सम्म माइक्रो वस सेवा संचालन भएको र निकट भबिस्यमा बस संचालन गर्ने योजना रहेको वडाले जनाएको छ ।साथै वडाका धार्मिक र पुरातात्विक सम्पदाको संरक्षण गर्ने विशेष योजना वडाले बनाएको छ ।

टोखा नगरपालिका वडा नं ८ मा अध्यक्ष खत्रीका साथमा निसा पाण्डे ,चन्द्रावती न्यौपाने , सोभा तामाङ र सुनिता गजमेर जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।