नागार्जुन नगरपालिका वडा नं. ४ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन २०।
नागार्जुन नगरपालिका वडा नं. ४ भित्र पर्ने मुख्य र सहायक सडकहरुको मर्मत ,सुधार र विस्तार गर्दै वडाका हरेक टोल र वस्तीमा सहज आवगमनको सहज व्यवस्था गरी वडालाई नगरपालिकाको नमुना वडा बनाउने मुख्य योजना रहेको वडा नं ४ का अध्यक्ष करुण कुमार बलामीले बताए ।
नागार्जुन नगरपालिका वडा नं. ४ का मुख्य र सहायक सडक खोपा टोल ढलान गर्ने काम सुरु गर्ने , एन एम बि बैंक बाट सोल्टी दोबाटो खरीटार निस्कने शाखा बाटो ढलान सम्पन्न गर्ने , ढुंगाना टोल बाटो ढलान सम्पन्न गर्ने , संगम बस्तीमा बर्षाको भेल ब्यबस्थापन गर्न ढल निर्माण भैसकेको र यसको व्यवस्थापन गर्ने ,संगम बस्तीको बाटो ढलान गर्ने ,बङलामुखी सिताराम बस्ती बाट सितापाइला जोडीने तल्लो बाटो स्तरुन्न्ती गर्ने ,सीता पाइला भिमढुङ्गा जाने मुख्य सडक बाट रानीपाटी निक्लने बाटो आवश्यकता हेरि ढलान गर्ने ,पावरजिम देखी मनुमती खोला सम्मको बाटो स्तरुन्नती गर्ने ,राजकुलो कारवाश देखी रामकोट जोडीने बाटो मर्मत सहित स्तरुन्न्ती गर्ने ,आर्य स्कुल बाट खोलिएको गोरेटो बाटो ढलान गर्ने ,सोल्टी दोबाटो खरीटार जाने बाटोको सहायक बाटो ग्रीनफिल्ड निस्कने बाटो १० फिट बनाइ ब्लक बिछ्याउने ,बृद्धाआश्राम जाने बाटो ढलान गर्ने ,श्यामको घर देखी सन्तोष रिमालको घर सम्म ढलान सम्पन्न गर्ने ,मुख्य सडकमा जोडिने अन्य साखा बाटोहरु आवस्यकता हेरि ढलान र मर्मत गरिने योजना वडा नं ४ का अध्यक्ष बलामीलेको रहेको छ ।
वडा नं ४ को खानेपानीको समस्या समाधानको लागी नया बोरिङको ठाउँ खोजी गर्ने ,साबिक सितापाइला २ लाई हुने गरि सडक पछि वडाको प्राथमिकता खानेपानीको योजना निर्माण गर्ने र अन्य डिप बोरिङलाई पनि आवश्यकता हेरि संचालन गरिने अध्यक्ष बलामीले बताए ।
वडा नं ४ का सार्बजनिक जग्गा संरक्षण गरी उचित स्थान छ्नौट गरी क्रियापुत्री भबन , पुस्तकालय सामुदायिक भबन आदि बनाउने र वालवालिकाहरुका लागी अध्ययन केन्द्र र वाल पुस्तकालय संचालन गर्ने योजना वडा नं ४ ले बनाएको छ ।
साथै सितापाइला चोकमा घुम्ती सौचालयको ब्यबस्था गर्ने सोचमा वडा रहेको छ। वडानं ४ मा पर्ने मनुमती खोलामा तटबन्ध हाल्ने र ढल फोहोर मिसाउन नियन्त्रण गर्ने साथै खोला छेउमा बृक्षारोपण गर्ने योजना पनि वडा नं ४ ले बनाएको छ ।यसका साथमा वडाका प्रत्येक सडक छेउमा यातायातलाई असर र असुविधा नपर्ने गरि सडक सौर्न्दर्यको लागी गमलामा फुल बिरुवा रोप्ने योजना रहेको अध्यक्ष बलामीले कपन अनलाइनलाई बताए ।
वडा नं ४ मा रहेको स्वस्थ्य चौकीमा नेपाल सरकारले गर्भवतीलाई आइरन चक्की बितरण गर्दै आएको छ भने वडाले निसुल्क क्याल्सियम बितरण गर्नुका साथै प्रत्येक हप्ता जेष्ठ नागरिकहरुलाई निशुल्क स्वस्थ्य जाँच गर्नुका साथै प्रत्येक महिना स्त्रीरोग विशेषज्ञ द्वारा स्त्रीरोग परिक्षण गर्ने योजना वडाले बनाएको छ ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउन योजना बनाई सकेको वडा नं ४ ले जेष्ठ नागरिकको लागी दिवा सेवा केन्द्र खोल्ने र वृद्धहरुलाई सम्मान गर्ने र उचित समयमा देबदर्शनको ब्यबस्था गर्ने योजना बनाएको छ ।
वडा नं ४ का मुख्य चोकमा सुरक्षाको लागि सि सि टि भि जडान र मुस्कान सहितको सेवा र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणका लागी कार्यलयमा समेत सिसिटिभि जडान भैसकेको अध्यक्ष बलामीले बताए ।
लक्षित बर्गको बजेट तर्फ महिका तथा युबालाई सीपमुलक तालिम प्रदान गर्ने तर तालिम दिने सस्था सङ रोजागारको लागि सम्झौता गरेर मात्र तालिमको प्रभावकारिता हेरेर यस्ता कार्यक्रम संचालन गर्ने अध्यक्ष बलामीले बताए ।
स्थानीय तहको निर्वाचनमा वडा नं ४ का अध्यक्ष करुण कुमार बलामी सहित वडासदस्यहरु बिश्वेश्वर प्रसाद ढुंगाना , बिष्णुहरी भट्टराई , शुशिला नेपाल (पौडेल) र निरा गजमेर निर्वाचित भएका छन ।