तारकेश्वर नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १६ ।

तारकेश्वर नगरपालिका वडा नं १ मा रहेका मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार तथा निर्माण गरी वडालाई सम्मुनत बनाउने वडा नं १ को मुख्य योजना रहेको वडा अध्यक्ष बिदुर सापकोटाले बताए ।

यस्ता मुख्य तथा सहायक सडकहरुमा फुटुङ सिमाना देखी  पिपल बोट झोर सिमाना सम्म ३२ फिटे बाटो पर्खाल सहित बनाउने,सपनतिर्थ पुल ,गोंगबु सिमाना ढकाल चौर सम्म बाटो बिस्तार बिन्धबासिनी हुँदै झोर सिमाना सम्म ढलान , बिहानी चोक देखी ठुला खोलासम्म बाटो मर्मत , ठुलो खोला देखी बाहुनडाडा हुँदै जिमुवाल टोल सम्म बाटो मर्मत स्तरुन्नती , क्लब देखी भलेश्वोर मन्दिरको बाटो मर्मत ,कुन्चिप्वाकलको मोड देखि ढकाल चौरसम्मको बाटो ढलान गर्ने , कठेरी सडक ढलान गर्ने , अन्य छुटेका शाखा सडकहरुको निर्माण गर्ने योजना रहेको अध्यक्ष सापकोटाले बताए ।

वडा नं १ को अर्को योजनामा देवीथुम्का झोर सिमाना पुल संरक्षण गर्ने रहेको छ । त्यस्तै वडामा रहेको खानेपानीको समस्या समाधानको लागी जिल्ला खानेपानी सङ समन्वय गर्ने , कुन्चिप्वाकल टोल खाने पानीका भएका मुहान संरक्षण गर्ने र भइरहेको साबिक वडाको शिवपुरी जङ्गल बाट पाइप बिछ्याइ सकेको र रिजर्भ ट्यान्कको ब्यबस्था आगामी बर्ष भित्र  गर्ने योजना वडा नं १ को रहेको छ  ।

वडा नं १ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ढकाल चौरमा भ्यु टावर बनाइ बनभोज स्थाल बनाउने ,कुन्चिप्वाकललाई सांस्कृतिक  सम्पदामा राखेर होम स्टे  संचालन गर्ने र बिन्धबासिनी मन्दिर देबिथुम्कामा अर्को बनभोज स्थल बनाउने योजना रहेको अध्यक्ष सापकोटाले बताए ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता लाई घरघरमा पुर्याउने व्यवस्था गर्नुका साथै वडाको उचित र पायक पर्ने स्थानमा जेष्ठ नागरिक विश्राम स्थल निर्माण गर्ने योजना वडा नं १ को रहेको छ ।

वडामा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी त्यसलाई सदुपयोग र संरक्षण गर्ने र यस वडामा भए को सामुदायिक बिध्यलयको शैक्षिक गुणस्तर सुधार गर्न र बिद्यालयको पुर्वाधार बिकासलाई समेत सहयोग गर्ने योजना वडा नं १ को रहेको छ ।

वडामा रहेको स्वस्थ चौकीको पुर्बाधार बिकाम गरी  स्वस्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर संचालनमा रहेको तर जिल्ला जनस्वस्थ्यले दरबन्दी कोटा काटेकोले पुन दरवन्दीको लागी पहल गर्ने र १७ सैयाको उपचार केन्द्र बनाउने अध्यक्ष सापकोटाले बताए ।

च्यान डाडा बदेलीमा बसपार्क निर्माण गर्ने तथा सार्बजनिक सौचालय निर्माण गर्ने गर्ने र  ढकाल चौरमा मर्मत हुँदै गरेको खेलमैदानलाई यथासिघ्र पुरा गरी खेलकुदका गतिविधि संचालन गर्ने योजनामा वडा नं १ रहेको छ ।

महिला लक्षित कार्यक्रम तर्फ शिपमुलक रोजगार मूलक कार्यक्रम संचालन गर्ने योजना रहेको अध्यक्ष सापकोटाले बताए ।

वडाको आय वृद्धिका लागी कर सचेतना कार्यक्रम संचालन गर्ने योजना पनि वडाले बनाएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।