नेकपा एमाले बुढानिलकण्ठ वडा नं १० को जनप्रतिनिधिहरुलाई प्रशिक्षण
कपन अनलाइन
काठमाडौ,साउन १४।
नेकपा एमाले बुढानिलकण्ठ वडा नं १० ले बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।स्थानीय तहको निर्वाचन वाट निर्वाचित जनप्रतिनिधिहरुलाई पुर्व अर्थमन्त्री एबम नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र क्षेत्र नं ४ का संसद राजन भट्टराईले प्रशिक्षण दिएका थिए ।
नेपालमा अव सबै खाले राजनीतिक आन्दोलन समाप्त भएको र आगामी प्रमुख कार्यभार आर्थिक विकास रहेको र यसमा जनप्रतिनिधिले ध्यान दिनु पर्ने जोड सुरेन्द्र पाण्डेको थियो । स्थानीय सरकारहरुले आफ्ना स्रोत र साधनको प्रयोगका वारेमा अध्ययन गरी योजना निर्माण गर्नु पर्ने उनले बताए । जेष्ठ नागरिकको सामाजिक सुरक्षा ,स्वास्थ्य र निसुल्क शिक्षा रास्ट्र विकासको मेरुदण्ड भएको उनको भनाइ थियो ।
जनप्रतिनिधीहरु जनता प्रति उत्तरदायी हुनुपर्ने र उनीहरुको हित सर्वपरी महत्व दिनु पर्ने डा .राजन भट्टराईको भनाई थियो ।नगरपालिकाकाको बजेट निर्माण र विनियोजनमा प्राथमिकता निर्धारण गर्दा अल्पकालिन र दिर्घकालिन लक्ष्य तय गर्नुपर्ने उनको जोड थियो ।
बुढानिलकण्ठका विभिन्न वडाका जनप्रतिनिधिहरु र अन्य एमाले कार्यकताहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेकपा एमाले बुनपा १० का अध्यक्ष जगत निरौलाले गरेका थिए भने संचालन हेम कुमार राईले गरेका थिए ।