महिला संजाल बुनपा १२ को जुत्ता चप्पल बनाउने तालिम सम्पन्न

महिला संजाल बुनपा १२ को जुत्ता चप्पल बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ असार १७ ।

बुढानिलकण्ठ नगर पालिका वडा नं १२ को महिला सन्जालले आयोजना गरेको सिलाई कटाई तथा जुता चप्पल बनाउने तालिम सम्पन्न भएको छ । वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य शान्ता ढकाल , वडा नं १२ का सदस्यहरु पुरुषोत्तम नेपाल , डिल्ली खतिवडा, वालकुमारी टोल सुधार समितिका अध्यक्ष केशव कुइकेल , प्रशान्ति शिक्षा सदन मावीका प्रधानाध्यापक समिर बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

 

महिला सन्जाल बुनपा १२ कि  संयोजक सारदा आचार्यले अध्यक्षता गरेको सो कार्यक्रममा तालिमका सहभागीहरुले शिप मुलक तालिमले आय आर्जन र जिविको पार्जनमा सहयोग पुग्ने धारणा कार्यक्रममा राखेका थिए ।अहिले बुनपाका वडाहरुमा महिला संजालको आयोजनामा विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन ।

वडा नं १० र १२ को  उदघोषण तालिमको समापन  सम्पन्न भएको छ  भने वडानं ११ को संगीतकला र उदघोषण तालिम चलिरहेको छ ।

फोटो सौजन्य : पुष्पा थापा

तपाइँको प्रतिक्रिया ।