पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी

कपन अनलाइन 

एजेन्सी, ५ असार । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेलमा पाकिस्तानसँग भारत १ सय ८० रनले पराजित  भएको छ । फाइनल खेलमा भारतको यो लज्जास्पद हार हो । सानदार खेल खेलेको पाकिस्तानले च्याम्पियन्स ट्रफी उपाधि जितेको छ ।

टस जितेको भारतले पाकिस्तानलाई पहिलो ब्याटिङ गर्न चुनौती दियो । पाकिस्तानका लागि फखर जमानले शतक बनाएपछि पाकिस्तानले ३ सय ३८ रनको योगफल खडा गरेको थियो। जमानले १ सय ६ बलमा १ सय १४ रन्को उत्कृष्ट पारी खेलेका थिए।

ओपनर अजहर अलिले ५९ रन जोडे।

मोहम्मद हाफिजले अविजित ५७ रन जोडे ।

बबर आजमले ४६ रन जोडे ।  इमाद वासिमले अविजित २५ रन बनाए।

३३९ रनको लक्ष्य बोकेको भारतले राम्रो सुरुवात गर्न सकेन । भारत १ सय ५८ रनमा अलआउट भयो ।

रोहित शर्माले राम्रो सुरुवात गर्न सकेनन् । उनी सुन्य रनमा नै आउट भए  मोहमद अमिरको पहिलो ओभरमै शुन्यमा नै आउट भए । निकै आश गरिएका खेलाडी थिए कप्तान विराट कोहली । उनको पनि केही सिप लागेन । ५ रनमा आउट भए । मास्टर ब्लास्टर धोनीले ४ रनमात्र जोडे । शिखर धवनले २१ रन र युवराज सिंहले २२ रन बनाए ।

पाकिस्तानका लागि यो भारतविरुद्ध निकै ठुलो जित हो । मिनी विश्वकप मानिने यस च्याम्पियन्स ट्रफीमा पाकिस्तानले सुरुवाती खेल राम्रो नखेले पनि फाइनलमा भने सानदार खेल देखाउँदै भारतलाई पाखा लगाएको छ ।

तपाइँको प्रतिक्रिया ।