लज्जास्पद हारपछि एकअापसमा दोषरोपण गर्न व्यस्त छ नेका क्षेत्र नं. ४

कपन अनलाइन, काठमाडाैँ ।

करिब ४ वर्षअघि गगन थापाले शानदार विजय हासिल गरेको काठमाडौँ क्षेत्र नं. ४ मा स्थानीय निकायमा भने नेपाली काँग्रेसले लज्जास्पद हार बेहोरेको छ । हारपछिका दिनहरुमा क्षेत्र नंं ४ नेपाली काँग्रेस यतिखेर अन्तर्घात भएको भन्दै एकअर्कालाई दोषारोपण व्यस्त छन् । क्षेत्रीय सभापति राजु श्रेष्ठका मानिस गगन थापा समूहले अन्तर्घात गरेको आरोप लगाइरहेका छन् भने गगन थापाका मानिस उठेका वडामा राजु श्रेष्ठकाले अन्तर्घात गरेको आरोप चोक, बजार र चियापसलभरी मात्र नभै फेशबुकभरी छाएको छ ।

राजु श्रेष्ठ सभापति भएपछि लगातार आन्तरिक द्वन्द्वमा फसेको क्षेत्र नं. ४ नेपाली काँग्रेसले क्षेत्र नं. ४ मा एमालेलाई टक्करसम्म दिन सकेन । पार्टीगत आन्तरिक टकराव तथा सांगठनिक असफलता कारण नेपाली काँग्रेस विशेषगरेर क्षेत्र नं. ४ को बुढानिलकण्ठ नगरपालिकाभित्र नराम्ररी पराजित भएको छ । वुनपाभित्रका ८ वटा वडामा नेपाली काँग्रेस कुनै वडामा कुनै पदमा निर्वाचित मात्र नभएको हैन टक्करसमेत दिने हैसियत राखेन ।

यतिसम्म कि काँग्रेसले बुढानिलकण्ठ नगरपालिकामा प्रचारप्रसार समितिसमेत गठन गर्न सकेन । क्षेत्रीय चुनावी प्रचार समिति बने पनि कर्माछिरिङ शेर्पा कतै असरदार देखिएनन् । उल्टो शेर्पालाई राजु श्रेष्ठ हराउन लागेको आरोप लागेको छ ।

मेयर पदका उम्मेदवार बनेका क्षेत्रीय सभापति राजु श्रेष्ठ आफ्नो वडासहित नेवार समुदायले भरिएको वडा नं. १३ मा टक्कर दिने हैसियत राख्न सकेनन् । नेवार समुदाय धेरै भएको र श्रेष्ठले धेरै मत ल्याउने वडा भनिएको वडा नं. १३ मा श्रेष्ठले राप्रपाको गाई चिन्हभन्दा कम मत ल्याए । त्यसैगरी वुनपाको सबैभन्दा धेरै मतदाता भएको कपनका ३ वटा वडामा पनि श्रेष्ठले कमजोर मत ल्याए । यी वडामा श्रेष्ठले ध्यान नै दिएनन् भन्ने आरोप पनि लागेको छ । गगन थापाको पकड भएकाले कपनलाई श्रेष्ठले ध्यान नदिएको बताइन्छ । कपन क्षेत्रका वडाका उम्मेदवारहरु मेयर उम्मेदवारसमेत रहेका राजु श्रेष्ठले फोनसमेत नउठाएको आरोप लगाएका छन् ।

गगन थापा र राजुश्रेष्ठबीचको चरम टकरावबीच अन्तिमअबस्थासम्म टिकटको बाँडफाँडमा समस्या देखिएको क्षेत्र नं. ४ मा गगन थापाले आफ्ना भनेर छानेका मान्छहरुले झन निराशाजनक प्रदर्शन गरेका छन् । वडा न १० का श्याम डोटेल, वडा नं. ९ का शंकर आचार्य, वडा नंं १३ का महेन्द्र श्रेष्ठ यसका उदाहरण हुन् । सदैव गलत मानसिकताका कार्यकर्तालाई आफ्नो भनेर हिँड्ने आरोप लागेका गगन थापाले वडा नं. ११ मा वडा सदस्यमा गलत मानिसलाई काखी च्याप्दा वडाध्यक्ष हार्न पुगेको बताइन्छ ।

चुनावको ७२ घण्टाभित्र कपनमा संदिग्ध अबस्थामा तत्कालिन  स्वास्थ्य मन्त्रीसमेत रहेका गगन थापालाई भेटिएपछि एमालेले लखेटेको प्रकरणले पनि काँग्रेस बिगार्न सहयोग पुग्यो । कपनका ३ वटा वडामा हारको प्रमुख कारणमध्ये यो लखेटाइ पनि एक हो ।

वुनपामा मात्र नभै काँग्रेसले जित्न सक्ने भनिएको वडा नं. १ र वडा नंं ७ मा पनि गलत उम्मेदवार चयन हुनुलाई मानिएको छ । यी दुवै वडामा राजु श्रेष्ठले अडान लिएका मानिसले टिकट पाएका थिए ।लज्जास्पद हारपश्चात सार्वजनिक हुन नसकेका क्षेत्रीय सभापति राजु श्रेष्ठ र सांसद गगन थापाबीच चुनावी माहौलमा देखिएको कृतिम सम्बन्ध फेरी बोलचाल नै बन्द हुनेगरी बिग्रिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।