‘पत्रकारितामा विज्ञानको प्रयोग आवश्यक’
कपन अनलाइन
रत्ननगर (चितवन), २६ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आयोजनामा तिनदिने विज्ञान समाचार लेखन तालिम भएको छ । विज्ञान र प्रविधिसम्बन्धी समाचार लेखन र प्राविधिकको आवश्यक ज्ञान दिँदै सूचना सामग्रीलाई विज्ञानसम्मत बनाउन सो तालिम दिइएको हो ।
तालिम समापनका क्रममा बिहीबार नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विज्ञान विषयमा मात्रै होइन पत्रकारितामा पनि विज्ञानको प्रयोग अति आवश्यक भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सिकेका कुरा व्यवहारमा उतार्न सके उपलब्धिमूलक हुने बताउनुभयो । २०४२ सालमा प्रतिष्ठान स्थापना भए पनि अहिलेसम्म यस्ता खाले तालिम राजधानीमा मात्रै सीमित हुँदै आएको थियो ।
विज्ञान र प्रविधिको तथ्यपूर्ण सूचनाको प्रयोगलाई बढाउन राजधानीबाहिर पहिलो पटक चितवनबाट तालिमको सुरुआत गरिएको प्रतिष्ठानका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख रमिला राउतले जानकारी दिनुभयो ।
पत्रकार केदार शर्मा र प्राध्यापक जीवन रेग्मीले विज्ञान÷प्रविधिका विषयवस्तु र यसमा प्रयोग हुने शब्द तथा समाचारमा पर्ने प्रभावबारे तालिम दिनुभएको थियो । रासस