म्हैपीबाट रु ३२ लाख लुट

कपन अनलाइन 

काठमाडौँ, १९ जेठ । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको रु ३२ लाख लुटिएको छ ।

महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।

पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् । जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् । प्रवक्ता कार्कीले घटनाका दोेषी पहिचान नजिक पुगिसकिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।